हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ । १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ । ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...
पुरानो नोकियाको फोनमा बढीमा ३ सय जतिको नम्बर सुरक्षित हुन्थ्यो । आज हामीले बोक्ने स्मार्ट फोनमा हजारौको नम्बर सुरक्षित छ । तर मोबाइलमा सेभ भएकामध्ये कुनै पनि नम्बरले हाम्रो विल तिर्न सहयोग पु¥याएका छन् ? अधिकांशले भन्ने गरेको सुनिन्छ, यो फोन अर्काको सेवाका लागि मात्र हो । यति हुदा पनि मानिसले मोबाइललाई महत्वपूर्ण समयमा पनि व्यवस्थापन गरिरहेको चाँही पाइदैन । यो एउटा रोग नै बनेको छ । मोबाइलकै कारण अहिले नोमोफोविया भन्ने मानसिक रोग समेत देखिएको चिकित्सकहरुले बताएका छन् । नोमोफोवियाको अर्थ हो ‘नो मोबाइल फोन’ फोविया । नोमोफोविया मनोवैज्ञानिक अवस्था वर्णन गर्न प्रयोग गरिन्छ । जो व्यीक्तलाई मोबाइल फोन कनेक्टििभिटीबाट टाढा हुइन्छ कि भन्ने डर हुन्छ त्यस्तो रोगलाई नोमोफोविया भनिएको हो । यो शब्द डिएसएम ४ मा वर्णित परिभाषा अनुसार बनाइएको छ । एक विशेष बस्तुका लागि फोविया भएको रुपमा यसलाई व्याख्या गरिन्छ । जब व्यक्तिले मोबाईल फोनलाई अधिक प्रयोग गर्दछ । उसले कम आत्मसम्मान पाएको अलग भएको महसुस गर्दछ । यस समस्या विश्वव्यापी रुपमा छ । अहिले कोरोना भाइरसका कारण लकडाउन छ । निशेधाज्ञा भएका...