हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ । १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ । ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...
म्याक डोवेल्स रानीपोखरी कर्नर टिम आरसीटी राजधानीमा जारी एनसल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्बाटरफाइनल खेलमा बौद्ध क्लबलाई टाइब्रेकरमा ४¬२ ले पराजित गर्दै आरसीटी अन्तिम चारमा प्रवेश गरेको हो । फाइनल प्रबेशका लागी आरसिटीले बुधबार मध्यपुर युथ एसोसियसनको सामना गर्ने भएको छ । मध्यपुर, नेपाल आर्मीलाई टाइब्रेकरमा हराउदै अन्तिम चारमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको निर्धारित र अतिरिक्त समयको खेलमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । म्याक डोवेल्स आर.सि.टि.को तर्फबाट ट्राईवेकरमा युगल किशोर राई, शेखर लिम्बु, नरेश खत्री र कृष्ण कुंवरले गोल गरेका थिए भने बौद्ध फुटबल क्लबको तर्पmबाट ट्राईवेकरमा हेम तामा¨ र अजित भण्डारीले बाहिर हानेका थिए भने सुमन लामा र बुद्ध लामाले गोल गरेका थिए । निर्धारित समयमा आरसीटीलाई दबावमा राखेको बौद्धले केही राम्रा गोल गर्ने अबसर चुकाएको थियो । क्बाटरफाइनलमा मंगलबार नेपाल पुलिस क्लब र संकटा क्लबवीचको खेल हुनेछ ।