सीधे मुख्य सामग्री पर जाएं

हाँस्दा हुने ७ आश्चर्यजनक फाइदा

  हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ ।  १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ ।  ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...

सामान्य कार्यसुचीबाट कसरी महत्वपूर्ण उपलब्धी ?


चरम उत्पादकत्व ः नतिजालाई बढवा दिनुस्, घण्टा घटाउनुस पुस्तकका लेखक तथा हावर्ड व्यवसाय स्कुलका सिनियर प्रध्यापक रोवर्ट सी पोजेन भन्न्नुहुन्छ, सामान्य कार्य तालिका पनि अत्याधिक उत्पादकत्व बृद्धि गर्ने औजार बन्न सक्छ । त्यसका लागि उहाँ केहि उपाय बताउनुहुन्छ  

१ सुत्नु अगाडि लेख्नुस् ः 

पोजेनका अनुसार सुत्नु अगाडि केहि समय (मिनेट) भोलीपल्ट गर्ने गतिविधि, कार्यको सूची बनाउँदा भोलीपल्ट विहान उत्कृष्ट नतिजा निकाल्न सकिन्छ । धेरै मानिसको लागि विहानको समय उच्च ऊर्जाको समय हो । यदि यस्तो समयमा पहिल्यै गर्ने गतिविधिको सूची हातमा भए पछि तपाई एक मिनेट पनि बर्वाद गर्नु हुने छैन । एक पछि अर्काे गर्ने कार्यको सूचीले तपाईको कार्य प्रगतिमा जादुको कार्य गर्ने छ । 


२ योग्य सामाग्री ः 

कार्य गर्ने सुचीमा दुईवटा कुरा हुन आवश्यक छ । यो कुनै महत्वपूर्ण हुनुपर्छ । कम आवश्यक कार्य, जुन नगर्दा पनि हुन्छ । नगर्दा हुने कार्य गरेर अनावश्यक व्यस्त हुनु भनेको उत्पादकत्वमा असर पार्नु हो । योग्य सामाग्री हुन जरुरी छ । आजै गर्नुनपर्ने कार्य पनि हामी आज गर्नुपर्ने सूचीमा राख्छौं । कतिले त्यो महत्वपूर्ण कार्य भनेर चिच्याउँछन्  तर अनावश्यक रुपमा त्यो कार्य गर्नका लागि बढी समय लाग्छ । यदि तपाईले तत्काल र जरुरी कार्य छनोट गर्नुभयो भने अर्काे दिन पनि त्यस्तै महत्वपूर्ण कार्यमा आफूलाई संलग्न गर्न सक्नुहुन्छ । जुन तपाई गर्न चाहानुहुन्छ । 

‘जब मान्छेले आफूलाई नियन्त्रण गर्न सक्दैन, उनीहरु दिनलाई निस्कृय बनाएर विताउँछन् । उनीहरु बैठक सम्मेलनमा जान्छन् । समाजिक संजालमा समय विताउँछन् । जब दिन सकिन्छ तब हेर्दा थाहा लाग्छ उनीहरुले के गरे भनेर । उनीहरुले अन्य व्यक्तिको प्राथमिकतामा प्रतिक्रिया दिए आफ्नो प्राथमिकताका लागि केहि गरेनन् ।’ उहाँ भन्नुहुन्छ । 


३ दिइएको अनुमानित समय 

चचिर्त टु डु लिस्ट एप रिमेम्बर दि मिल्कका सहमालिक ओमर किल्नी सिफारिस गर्दछन् कि पाँच मिनेट होस् वा दुई घण्टा काम सम्पन्न हुन कति समय लाग्छ भनेर अनुमानित समय तोकिनुपर्छ । जसका कारण एकत्रित समयमा कसरी कार्य पुरा हुन्छ भनेर देख्न सकिन्छ । तपाईले यो दिन कति कार्य भयो भनेर व्यवहारिक निर्णय लिन सक्नुहुन्छ । 


४ खण्ड खण्ड गरेर प्रयोग गर्ने

पोजेनले आफ्नो सुचीलाई दुई स्तम्भमा भाग लगाएका छन् । एउटा देव्रेपट्टी तिथीक्रम अनुसार सुची राख्ने जुन गर्न आवश्यक छ । जस्तै बैठक सम्मेलन, भेटघाटको समय । 

दाइनेपट्टी ः ती कार्यक्रम जस्तै योजना लिएर जाने, सम्बन्धित कुरामा केन्द्रित भएर छलफल गर्ने, प्राथमिकतालाई ध्यान दिने । जब कुनै कार्य समय सिमामा सम्पन्न भएन केहि विलम्ब भयो भने उनले आफ्नो सुची हेर्दथे र कुन कार्यलाई ट्रयाक गरेर समयलाई उपयोगी  बनाउन सकिन्छ भनेर निर्णय लिन्थे । 


५ हटाइएको विषयमा पुर्नमुल्यांकन गर्ने

किलानीको एप्सले कुनै कार्यलाई स्थगित गर्ने अनुमति दिन्छ । दिनको ट्रयाकलाई पनि स्थगित गर्न सक्छ । यदि तपाई लगातार कुनै महत्वपूर्र्ण कार्यमा ठक्कर खाइरहनु भएको छ भने यो किन भइरहेको छ भनेर हेर्नुपर्ने हुन्छ । कतै यो महत्वपूर्ण छैन कि वा तत्काल सम्पन्न गर्नुपर्ने हो कि यसलाई सम्पन गर्नका लागि अन्य केहि समस्या संम्बोधन गर्नुपर्ने पो छ कि या केहि गलत भइरहेको छ  कि भन्ने विषयमा  बुझ्ने र पुर्नमुल्यांकन गर्नुपर्छ । 

६ कार्यसुची सफल हुन्छन् ?

कहिलेकाही तपाईसँग टुडु लिस्ट हुँदा पनि कार्य सम्पन्न हुन कठिन हुन्छ । यसलाई स्वीकानुस् परम्परागत टु डु लिस्टको मुख्य समस्या भनेको प्राथमिकिकरणमा कजमोरी हुनु हो । 

कार्य सुची बनाउने तिन चरणको गतिबिधि छ जुन प्रभावकारी छ र गर्न योग्य छ । यहाँ एउटा कार्य सुची छ । यसलाई हेरौ । 


वेभसाइडको अवस्थालाई हेर्ने मुल्र्याकन गर्ने

सफलताको कथाका लागि सफल व्यक्तिसँग अन्तवार्ता लिने

स्टाफसँग बैठक बस्ने

मेल पठाउने, 

म्यागेजिनको सम्पादकसँग भेट्ने

समाचार सामाग्री सम्पदान गर्ने


यो लोभलाग्दो सुचीलाई लेख्न मन लाग्यो जुन सपिङको सुची जस्तो थियो । तर यो विवेकपूर्ण तरिका थिएन । यसलाई हेर्दा के पाइन्छ भने केहि समय संवेदनसिल हुन पर्छ । 


नयाँ प्राथमिकताका आधारमा माथिकै सुचीलाई फेरी यसरी व्यवस्था गरेर हेरौ त ।

समाचार सामाग्री सम्पादन गर्ने

सफलताको कथाका लागि सफल व्यक्तिसँग अन्तवार्ता लिने

स्टाफसँग बैठक बस्ने

म्यागेजिनको सम्पादकसँग भेट्ने

मेल पठाउने, 

वेभसाइडको अवस्थालाई हेर्ने मुल्र्याकन गर्ने


ध्यान दिनुस्, आम्दानीसँग प्रत्यक्ष प्रभाव पार्ने दुई कुरा पहिलो प्राथमिकतामा परे । त्यसपछि बौद्धिक चुनौतीको विषय आए त्यसपछि मात्र कम महत्वको कुरा आए । यो नयाँ सुचीबाट सुचीको आधा काम मात्र सम्पन्न भयो भने पनि मैले महत्वपूर्ण कार्य गरिसकेको हुनेछु । किनकि महत्वपूर्ण कार्य त गरिसकेको हुन्छ जसले राम्रो अंक ल्याउने छ । यदि तपाईले सम्बन्धित दिनमा कुनै पनि कार्य सम्पन्न गर्न सक्नुभएन भने के हुन्छ ?

कहिले काही हामी सुचीभन्दा फरक काममा व्यस्त हुन सक्छौं । ९९ प्रतिशत सुचीमा भएको कार्य सम्पन्न गर्न असमर्थन रहन्छौं । यसमा जस्तो व्यवस्थित सुची बनाएको भए पनि फरक पर्दैन । त्यो दिनमा कार्य सम्पन्न भएन भने के गर्ने ? सम्पन्न नभएका कार्यका लागि हामीसँग तीन विकल्प रहन्छ । 

क) रोल ओभर ः 

यदि केहि कार्य हिजो सम्पन्न गर्न सक्नुभएको छैन भने त्यो भोलीका सुचीमा समावेश गर्नुहुन्छ । होइन त । कहिलेकाही यो ठिक हुन्छ तर तपाई होशियार हुनुपर्छ । यदि तपाईले कार्यलाई धेरै दिनसम्म रोल ओभर गर्नुभइरहेको छ भने ट्वाइलेट पेपर रोलरमा रिफिल गरेझै हुन्छ । जुन प्रभावकारी हुँदैन । अत्याधिकमा एक वा दुई कार्यलाई मात्र पुन सुचीमा समावेश गर्ने प्रयास गर्नुस् । 

ख) प्रतिनिधित्व गराउने ः 

रोल ओभर गर्दा पनि केहि चिज गर्नुपर्ने बाँकी रहन्छ भने एक दुइ दिन त्यसलाई निरन्तर प्राथमिकतामा राख्न सकिरहनुभएको छैन भने यस्तो अवस्थामा त्यसका लागि अर्काे व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने हुन्छ । 


ग) ड्रप इट(छोड्नुस्) ः 

यो मेरो गोप्य हतियार हो । कुनै कार्यलाई दिनैपिच्छे सुचीमा राख्दा राख्दै थाक्नुभएको छ, प्रतिनिधि चयनको राम्रो विकल्प पनि हुँदैन । त्यतिबेला बस छोडिदिने । त्यसपछि के गर्ने । त्यसलाई भुलिदिनु । 


घ) निष्ठुरी हुनु् ः 

सामान्य कार्यसचुी शक्तिशाली हुन्छन् । लामो कार्यसुची कमजोर हुन्छ । त्यसैले यस विषयमा निष्ठुरी भएर कार्यसुची बनाउन सक्नुपर्छ । 

तपाईले सुचीको प्राथमिकता गरेर आज गने कार्य अतिविशिष्ट बनाउन सकिन्छ । प्राथमिकताका सुचीलाई एक अर्काबिच द्वन्द्व गराउनुस् । त्यसपछि सुची काट्नुस् र तीनवटालाई प्राथमिकतामा राख्नुस् । 

किन भन्नु होला कारण व्यवहारिक र मनोवैज्ञानिक छ । यसलाई यसरी सोचौं एक दिनमा सातमध्ये तीन कार्य पुरा गर्न सक्नुभयो । तपाइको अर्काे सुची छ जसमा तीन कार्य समावेश छ तीनवटै सम्पन्न गर्नुभयो । यी दुई मध्ये महत्वपूर्ण कार्य दुवै सुचीबाट सम्पन्न हुन्छन् तर एउटा सुचीको परिणामले तपाईलाई सन्तुष्टि दिन सक्दैन अर्काले खुसी र आत्मविश्वास दिन्छ । त्यसैले यसमा ध्यान दिन जरुरी पनि छ । 


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Olivedale -1

  The fun of walking in an unknown place in the dark   is Unique. Probably, because of the journey with Guru Premangee,  I was feeling like a happy and satisfied person. We climbed the hill and knocked on the door of the wooden building. A tall man opened the door. Fair-skinned as like a European with a bushy beard and hair, He was in a yellow jacket and red trousers. Touching the fire, we entered. There was a tradition that a person should touch the fire when entering house. Guru: 'He is Viraj ji' A wonderful Guy. In a few moments, we became like friends who already knew each other. Biraj raised the issue of Organic. A white woman and a beautiful baby boy entered . Biraj introduced us to them. She was the wife of Biraj and the smart boy was his son, Shiva. Very funny and responsive. Liked to play with people. Seeing the smiling face of his child, the rained of happiness was evident on Biraj's face. The joy of children is the happiness of life. I felt, the coupl...

नेतृत्वका लागि चमत्कारी बुटी

  👌 Ram Sudan Timalsina  जितको, उत्सवको, विजयीको माइन्ड सेट बनाएर हिड्न जरुरी छ । त्यसका लागि हामीले अभ्यास गर्नुपर्छ । हामीले जीवन पद्धतिमा परिवर्तन गर्नुपर्छ अनी हाम्रो नेतृत्व कौशलतामा परिवर्तन आउने छ । नेतृत्वले भविश्वका लागि प्रेरणादायी लक्ष्य निर्धारण गर्दछ । जसको पछाडी त्यो अभियान दौडिन्छ । के तपाई हामी यस्तो लिडर बन्न सकेको छौं । के हामीले यस्तो नेतृत्व पाएका छौं । सोचौं त ? कुनै पनि व्यवसाय वा राजनीतिक उद्देश्य प्राप्तिका लागि मानिसलाई जोडिन उत्साहित बनाउने सफल हुन्छ  । लक्ष्य हासिलका लागि टिम चाहिन्छ । त्यो टिम भिजनमा स्पष्ट हुनुपर्छ र लिडरले उनीहरुमा यस्तो ऊर्जा भर्छ जसका कारण उनीहरु महत्वपूर्ण योगदान गर्न प्रेरित हुन्छन् । करले होइन मनदेखि नै उनीहरु त्यो लक्ष्य हासिल गरेपछिको भश्वियका लागि उत्साहित भएर त्यो दिन देखेर वर्तमानमा सक्रिय हुन्छन् । के तपाई पनि यस्तै टिम तयार गर्न चाहानु हुन्न ? अवश्य पनि । यसका लागि तपाई तयार हुनुपर्छ । तपाई तयार हुनुभयो भने यो ब्रम्हाण्डले तपाईले चाहेको सबै स्रोत साधान जुटाइदिने छ ।  के तपाईलाई यो कुरामा विश्वास छैन ? तपाईको...

हाँस्दा हुने ७ आश्चर्यजनक फाइदा

  हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ ।  १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ ।  ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...