सीधे मुख्य सामग्री पर जाएं

संदेश

फ़रवरी 18, 2009 की पोस्ट दिखाई जा रही हैं

हाँस्दा हुने ७ आश्चर्यजनक फाइदा

  हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ ।  १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ ।  ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...

हिन्दू राष्ट्रको माग

नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै रुपन्देहीमा १० हजार हस्ताक्षर संकलन गरिएको त्यहाँबाट पत्रकार भवानीप्रसाद पाण्डेले जनाएका छन्। नेपाल हिन्दू समाज रुपन्देहीका अध्यक्ष बुद्धिप्रसाद शर्माका अनुसार कपडामा संकलन गरिएका हस्ताक्षर बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत् संविधानसभालाई पठाइँदैछ। लोकतन्त्र आएलगत्तै अन्तरिम व्यवस्थापिकाबाट नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको थियो। उक्त घोषणाले विश्वभरका हिन्दूको भावनामा चोट पुर्‍याएकाले हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको शर्माले बताए। बुटवल, भैरहवालगायतका स्थानमा हस्ताक्षर संकलन गरिएको हिन्दू समाजले जनाएको छ।´पहिलो चरणमा बजार र चोकमा हस्ताक्षर संकलन गरेका छौं, यसलाई व्यापक र दबाबमूलक बनाउन गाउँमा समेत जाने योजना बनाएका छौं´ - अध्यक्ष शर्माले भने। नेपाललाई हिन्दू राष्ट्र भनेर नयाँ बन्ने संविधानमा उल्लेख नगरिंदासम्म हस्ताक्षर अभियानलाई जारी राखिने समाजले जनाएको छ।
नेपालगञ्जको सिमाना हुँदै भारततर्फ जान लागेका तीन जना युवतीलाई सोमबार राती प्रहरीले रोकेको छ। दलालले बेच्न लगिरहेको शंकामा ती युवतीलाई नियन्त्रणमा लिई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।