सीधे मुख्य सामग्री पर जाएं

हाँस्दा हुने ७ आश्चर्यजनक फाइदा

  हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ ।  १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ ।  ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...

उद्यमी बन्न उमेरले छेक्दैन

 


मार्क जुकरबर्गले फेसबुक शुरु गर्दा मात्र १९ बर्षका थिए । तर आईबीएका संस्थापक चाल्र्स फ्लिन्ट ६१ बर्षको उमेरमा व्यवसाय शुरु गरेका थिए । हलिउडका लागि कलेजको युवाले अरब डलरको व्यवसाय छात्राबासको कोठाबाट शुर गरेको कथा विशेष हुन सक्छ तर त्यो मात्र उद्यमीको कहानी होइन । हामीले धेरै सुन्ने गरेका छौं । उमेर गयो अब के व्यवसाय गर्नु ? वनचेनडटइटका संस्थापक काँमेक हेडनले उमेरले मानिसलाई उद्यमी बन्न नछेक्ने विषयमा धेरै व्यक्तिले ४० कटेपछि शुरु गरेको सफल व्यवसायको विषयमा चर्चा गरेका छन् । 

धेरै मानिसले धेरै पछि मात्र उद्यमीका रुपमा जीवन शुरुआत गरेको हुन्छन् । त्यसैले युवा अवस्थामा उद्यमी नहुँदैमा मानिस सफल हुँदैन भन्ने छैन । युवामा कुनै पनि व्यवसाय शुरु गर्नु उत्तम हो तर अनुभव हासिल गर्दै गएपछि पनि उद्यमी हुनु राम्रो हो । विवाहको पोसाक डिजाइन गर्ने महान व्यक्तित्व भेरा वैंगले ३९ बर्षको उमेरसम्म पनि डिजाइन शुर गरेकी थिइनन् । घर सजाओटकी देवी तथा व्यापारी सीजर मार्था स्टीवर्टले ३५ बर्षको उमेरसम्म घर सजाओटको व्यवसायमा हात हालेकी थिइनन् । स्यानफ्रासिस्को स्थित एन्जल लगानी तथा संस्थापक विजनेस इनक्युबेटर तथा ५०० स्टार्टअफका लगानी कर्ता डेव म्याक्लरले ४० को उमेरसम्म एउटा स्टार्टअफमा पनि लगानी गरेका थिएनन् । तर उनीहरु आज विश्वमाझ सफल उद्यमीका रुपमा परिचित छन् । त्यसैले उद्यमी बन्नलाई उमेरले छेक्दैन । उमेर मात्र आफैलाई झुलाउने बहाना मात्र हो । 

जब कुनै व्यवसाय शुरु गर्ने कुरा हुन्छ तब युवा ऊर्जामा एउटा कुराको कमि हुन्छ । त्यो होे अनुभव । रिड हाफम्यानले ३६ बर्षको उमेरमा अल्ट्रा लोकप्रिय करियर नेटवकिङ साइड लिंक्डइनको शुरुआत गरे । स्याम वाल्टनले ४४ बर्षको उमेरबाट मार्टको शुरुआत गरे । जोसेफ कैंपबेलले ५२ बर्षको उमेरमा क्याम्पबेल सूप शुरु गरेका थिए । यस्ता हजारौ उदाहरण हाम्रो सामू छ । तपाई हाम्रो वरिपरि पनि हामीले यस्ता उद्यमी देख्न सक्छौं । जसले जीवनको ४० पछि सफल व्यवसाय शुरु गरेका छन् । 


कर्नल स्यान्डर्स (६५)

केएफसीका संस्थापकले कथित रुपमा ४० बर्षको उमेरमा एक सेवा स्टेशनमा खाना पकाउन शुरु गरेका थिए । ६५ बर्षको उमेरसम्म पनि उनले आफनो फ्राइ चिकेन फेन्चाइजीको प्रमोशन शुरु गरेकै थिएनन् । त्यतिबेला फ्रेन्चाइजीले प्रति चिकेन सिर्फ चार सेन्ट भुक्तानी गर्न शुरु गरेको थियो । ७३ बर्षको उमेर उनी सफल भएका थिए । 


स्टीव जब्स (५२)

स्टीव जब्स प्राविधिक हुँदा २१ बर्षका मात्र थिए । जतिबेला पहिलो एप्पल कम्प्युटर बनेको थियो । साँच्चै सफलता हासिल गर्न र आईफोनसम्मको उचाइृमा पुग्दा उनी ५२ बर्षका थिए । 


बिल पोर्टर (५४)

बिल पोर्टरले ५४ वर्षको उमेरमा इ ट्रेड स्थापना गरे । उनले अनलाइन शेयर कारोबार गरे र एक कम्पनी बनाए जसको लगभग ६५ विलियन डलर सम्पत्ति छ । विलले पहिलो पटक ट्रेड शुरु गर्दा १५ हजार डलरको सम्पत्ती थियो । 


भेरा वाङ (३९)

फेसनको दुनियमा भेरा वाङ्गको नाम ब्राइडल काँउचरको पर्यायवाचीको रुपमा लिइन्छ । के तपाइलाई थाहा छ यी प्रसिद्ध डिजाइनरले ३९ बर्षको उमेरमा व्यवसायीक रुपमा कपडा डिजाइन गर्न शुरु गरेकी थिइन् । त्यस अघिसम्म त उनी फेसन पत्रकारका रुपमा रहेकी थिइन् । 


बर्नी मार्कस (५०)

बर्नार्ड मार्कस ५० बर्षको उमेरमा  होडिपो नामक एक छोटा कम्पनीका सह मालिक थिए । अहिले उनी अनुमानीत ५.८ विलियन डलरका मालिक छन् । उनी छोटो उमेरदेखि नै डाक्टर बन्न चाहान्थे तर पिताको क्याविनेट पसलमा काम गर्न छोडेनन् किनकि उनले पढाई शुल्क तिर्न सक्दैन थिए । 


चाल्र्स ¥यानलेट फ्लिंट (६१)

फ्लिंटले १९११मा कम्प्युटिङ ट्याबुलेटिङ्ग रेकडिङ्ग कम्पनी बनाउनका लागि चार कम्पनी एकै पटक लिएका थिए । १९२४ मा त्यो कम्पनी आईबीएम बन्यो । फ्लिंटले राइट ब्रदर्सका लागि हवाई जहाजको पहिलो अन्तर्राष्ट्रिय विक्रीको विषयमा पनि छलफल गरेका थिए । उनी ६१ बर्षको उमेर सक्रिय थिए । 


बाँब पार्सन्स ४७

 हाइस्कुलबाट बाहिरिएपछि र सैन्य सेवाको क्रममा चोटग्रस्त भएपछि पार्सन्सले विश्वमा सबैभन्दा ठूलो डोमेन रजिस्ट्रार बने । निकटतम प्रतिद्वन्द्वीको भन्दा चार गुणा ठूलो । उनले कम्पनीको ७० प्रतिशत हिस्सा सिल्भर लेक र केकेआरसहित एक निजी इक्विटी समूहलाई बेचेका थिए । 


टिप्पणियाँ