अघिल्लो बर्षदेखि हामीमध्ये धेरैले घरबाटै काम गर्नुलाई सहजरुपमा लिन थालेका छौं । लचिलोपन, ध्यान केन्द्रीत गर्ने क्षमता र आवागमनको समस्याबाट मुक्त हुने भएकाले पनि मानिसले घरबाट नै कार्यालयको काम गर्नुलाई सहज रुपमा लिदै, अपनाउँदै आएका छन् । कतिपय अवस्थामा घरबाट नै काम गर्नुपर्ने बाध्यता पनि बन्ने गर्दछ । कोभिड १९को महामारीका कारण संक्रमण बढ्दै जाँदा लकडाउन हुने र कार्यालय जान सक्ने अवस्था नबन्ने भए पछि घरबाट काम गर्ने सस्कृतिको विकास भयो । आज विश्वभरी नै घरबाट काम गर्ने विषयले प्राथमिकता पाउँदै आएको छ ।
सबैले घरबाट काम गर्नुलाई नै सहज रुपमा लिन सक्दैनन् । कतिपयले कार्यालय जाँदाको अनुभवलाई मिठो रुपमा व्याख्या गर्दछन् । तथापी हामीसँग यतिबेला चाँही घरबाट काम गर्ने कि कार्यालयबाट भन्ने छनोट गर्न मिल्ने अवस्था पनि सिर्जना हुन थालेको छ । कार्यालय फेरी खुल्न थालेपछि तपाईले कार्यालय जाँदाको आनन्दलाई पनि अनुभव गर्न थाल्नु भएको हुन सक्छ । त्यहाँ हुने सामाजिक अन्तक्रिर्या, सहयोग आदान प्रदान, खुसी र चिया कफीलाई सम्झनुहुन्छ होला ।
तर, कार्यालय नगई कार्य गर्न सकिने अवस्थामा धेरै कम्पनीहरुले कर्मचारीलाई घर वा कार्यस्थलबीच आफ्नो समय विभागन गरेर काम गर्ने अनुमति दिन थालेका छन् । त्यसैले यहाँ घर र कार्यालयमा काम गर्दा कसरी उत्पादकत्व बृद्धि गर्ने भन्ने विषयलाई चर्चा गर्ने कोशीस गरिएको छ । विभिन्न अध्ययन अनुसन्धानहरु, लेख रचनाहरुलाई आधार मानेर हेर्दा घरबाट सबै काम सम्पन्न गर्न सकिन्छ भन्ने पनि देखिदैन । तथापी कतिपय काम कार्यालयभन्दा घरमा बसेर गर्दा अझ प्रभावकारी हुने पनि देखिन्छ । त्यसैले कामका आधारमा कुन काम कहाँ गर्ने भनेर छनोट गर्ने चलाख कर्मचारीले यसलाई उपयोग गर्न सक्छ ।
यसका लागि घर र कार्यालयमा सर्वश्रेष्ठ समय कसरी दिने जसले उत्पादकत्वलाई बृद्धि गरोस् भन्ने विषयलाई पहिले त हामीले बुझ्न जरुरी छ । जसले हाम्रो व्यक्तित्वका लागि समेत हित गर्दछ । यदि तपाईलाई घर र कार्यालयमा काम गर्न अनुमति छ भने तपाईले कुन दिन घरमा बस्ने कुन दिन अफिसमा गएर काम गर्ने भन्ने विषयमा योजना बनाउन जरुरी छ । जसले तपाईलाई व्यवस्थित र उत्पादकत्व बृद्धि गर्दछ । जब लकडाउन भयो शुरु शुरुमा मानिसहरुले घरबाट काम गर्न जानेनन् अथाव त्यसलाई तनावपूर्ण अवस्थाका रुपमा लिए तर अहिले घरबाट काम गर्नुलाई समान्य रुपमा लिइदै आएको छ ।
मुख्य कुरा के हो भने कामको कुन भाग कुन स्थानमा बसेर गर्दा उत्कृष्ट रिजल्ट निस्कन्छ भन्ने कुरा पत्ता लगाउन सक्नुपर्छ । यसलाई सरल र सहज रुपमा लिनुपर्छ । समन्वय गरेर गर्नुपर्ने कामका लागि अफिसमा गएर गर्दा राम्रो नतिजा निस्कन्छ । एकाग्रतामा बसेर गर्नुपर्ने कार्यका लागि घरलाई चुन्दा राम्रो हुन्छ । कहिले काँही त्यो सम्भव नहुन सक्ला त्यसका लागि प्रत्येकले आफ्नो अवस्था बुझेर कार्य योजना बनाउन सक्नुपर्छ । अत्याधिक पारस्परिकमा निर्भरता हुनुपर्ने काम आफ्नो सहकर्मीहरुसँग अलग भएर गर्न निकै गाह्रो हुन्छ । यस विषयमा भएका कतिपय अनुसन्धानले पनि यो पुष्टि गरेको छ ।
टाढा बसेर सहयोग गर्दा वास्तवमा सहकर्मीहरुबीचको सम्बन्ध र संलग्नतालाई बलियो बनाउँछ किनकि उनीहरुको संचार र आपसी सहयोगमा सुधार गर्न आावश्यक छ । त्यहाँ अरु कुराले पनि भूमिका खेलेको हुन्छ । जस्तै ड्राफ गर्ने काम तपाई घरमा उत्कृष्ट रुपमा गर्न सक्नुहुन्छ तर त्यसको प्रारम्भिक रुपरेखा विकास गर्नका लागि सहकर्मीहरुसँग सहकार्य गर्न आवश्यक हुन्छ । अर्थात छलफलको आवश्यकता रहन्छ । फोनमार्फत पनि मस्तिक मस्थन गर्न सक्नु हुन्छ । तर त्यो त्यति प्रभावकारी नहुन सक्छ । तथापी जुमजस्ता मिटिङ गर्ने सव्टवेयरको प्रयोग गर्न सकिन्छ । संवेदशनसिल समयलाई कार्यालय आएर खेर फ्याक्नु हुन्छ भने त्यसलाई हटाउनुस् । यो फेरी घरको केसमा पनि लागु हुन्छ । उत्पादकत्व बृद्धिमा फोकस गर्नुपर्छ । कार्यालय वा घर भन्ने विषयले भन्दा पनि । घरमा बस्दा समय खेर जान्छ भने कार्यालय जानुस् । कार्यालयमा गएर उत्पादकत्व गर्न कठिन छ भने घरबाटै काम गर्नुस् । तर उत्पादकत्व बृद्धि हुन जरुरी छ । हाइब्रिड कार्य योजना सिर्जना गर्नका लागि पहिला त आफ्नो कामको विश्लेषण गरेर कुन चिजले उत्पादकत्वलाई असर गर्दछ भनेर बुझ्नुस् । त्यसपछि जिम्मेवारीका लागि आफ्नो स्थान चयन गर्न सहज हुन्छ ।
ट्रयाक म्याट्रिक्स
प्रत्येक स्थानमा आफ्नो उत्पादकत्वलाई ट्रयाक गर्नका लागि पहिले के गर्ने भनेर पत्ता लगाउन आवश्यक छ । हामी घण्टाको आधारमा उत्पादकत्वलाई नाप्ने विषयमा सोच्दछौं तर प्रभावकारी मापन भनेको आफ्नो मेहेनतको वास्तविक परिणाको मापन नै हो ।
हार्ड मेट्रिक्सका लागि केहि आउटपुट मापनका लागि हेर्न सकिन्छ ।( टाइप गरेका शब्दहरु, उत्तर दिइएको इमेल, गरेका कार्यहरु) साथ साथै समय कसरी प्रयोग भयो भनेर तथ्याङ्क ेहेर्न सकिन्छ । यसका लागि स्वचालित समय ट्रयाकर एप्सलाई प्रयोग गर्न सकिन्छ ।
नरम मेट्रिक्सका लागि दुवै तपाईको मुड र प्रत्येक दिनको अन्त्यमा हुने उपलब्धिमा तपाईको भावना (१देखि ५ को मापन उपयोग हुन सक्छ) । अरुबाट प्रतिक्रिया ट्रयाक गर्नका लागि इमेल वा समूह सन्देश जस्ता चीजहरुको उपयोग गर्न सक्नुहुन्छ ।
एक स्पेडसिट सेट गर्नुहोस ः
एकैपटकमा पुरै मेट्रिक्स हेन सक्ने स्पेडसिट सेट गर्नुस् । सरल तरिकाले बनाउनुपर्छ । बायाँमा पहिलो स्तम्भमा मिति अनि सूची राख्ने । त्यसपछि प्रत्येक कार्यको उपलब्धीहरु र पुरा कार्यहरु जस्तै प्रत्येक प्रमुख मेट्रिेकका लागि एक स्तम्भ असाइन गर्नका लागि हो । तपाई कति समय विचलन भयो । अनलाईन शपिङ, ब्राउजिङ, गेमिङमा भने पनि हेर्न सक्नुहुन्छ । कति समय तपाई बैठकहरुमा खर्च गर्दै हुनुहुन्छ र कतै धेरै समय तपाई एप्समा खर्च गरिरहुनभएको छ कि मापन गर्न सकिन्छ ।
सिमित समयमा एक वा दुई महिनामा आफ्नो दैनिक उत्पादकत्वलाई आफूले व्याख्या गरेको कुनै पनि म्याट्रिक्सको आधारमा ट्रयाक गर्न सक्नुहुन्छ । कार्यालय आउनु अगाडि यो कार्य गर्न सकिन्छ । उत्पादकत्व म्याट्रिकलाई घरमा बस्दा र कार्यालयमा बस्दा कुनमा कस्ता रिजल्ट आउछ भनेर मुल्यांकन गर्न सक्नुहुन्छ ।
ढाँचाहरुलाई हेर्नुस्
यदि तपाईको उत्पादक समय र मनोदशमा दिन प्रतिदिन भिन्न भइरहेको छ । यसलाई गहिरोसँग विश्लेषण गर्नका लागि चार्ट बनाएर मुड र अन्य विविधताबिचको सम्बन्धलाई हेर्न सक्नुहुन्छ । हुनसक्छ तपाईले थोरै मिटिङमार्फत नै धेरै काम सम्पन्न गर्न सक्नुहुन्छ ।
कुन काम गर्नमा राम्रो गर्न सकिन्छ कुन काम कार्यालयमा राम्रो गर्न सकिन्छ भनेर पत्ता लगाए पछि तपाईले पत्येक दिनलाई राम्रोसँग उपयोग गर्न सक्नुहुन्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
thank you