सीधे मुख्य सामग्री पर जाएं

हाँस्दा हुने ७ आश्चर्यजनक फाइदा

  हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ ।  १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ ।  ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...

काम घरबाट कि कार्यालयबाट ?



अघिल्लो बर्षदेखि हामीमध्ये धेरैले घरबाटै काम गर्नुलाई सहजरुपमा लिन थालेका छौं । लचिलोपन, ध्यान केन्द्रीत गर्ने क्षमता र आवागमनको समस्याबाट मुक्त हुने भएकाले पनि मानिसले घरबाट नै कार्यालयको काम गर्नुलाई सहज रुपमा लिदै, अपनाउँदै आएका छन् । कतिपय अवस्थामा घरबाट नै काम गर्नुपर्ने बाध्यता पनि बन्ने गर्दछ । कोभिड १९को महामारीका कारण संक्रमण बढ्दै जाँदा लकडाउन हुने र कार्यालय जान सक्ने अवस्था नबन्ने भए पछि घरबाट काम गर्ने सस्कृतिको विकास भयो । आज विश्वभरी नै घरबाट काम गर्ने विषयले प्राथमिकता पाउँदै आएको छ । 

सबैले घरबाट काम गर्नुलाई नै सहज रुपमा लिन सक्दैनन् । कतिपयले कार्यालय जाँदाको अनुभवलाई मिठो रुपमा व्याख्या गर्दछन् । तथापी हामीसँग यतिबेला चाँही घरबाट काम गर्ने कि कार्यालयबाट भन्ने छनोट गर्न मिल्ने अवस्था पनि सिर्जना हुन थालेको छ । कार्यालय फेरी खुल्न थालेपछि तपाईले कार्यालय जाँदाको आनन्दलाई पनि अनुभव गर्न थाल्नु भएको हुन सक्छ  । त्यहाँ हुने सामाजिक अन्तक्रिर्या, सहयोग आदान प्रदान, खुसी र चिया कफीलाई सम्झनुहुन्छ होला । 

तर, कार्यालय नगई कार्य गर्न सकिने अवस्थामा धेरै कम्पनीहरुले कर्मचारीलाई घर वा कार्यस्थलबीच आफ्नो समय विभागन गरेर काम गर्ने अनुमति दिन थालेका छन् । त्यसैले यहाँ घर र कार्यालयमा काम गर्दा कसरी उत्पादकत्व बृद्धि गर्ने भन्ने विषयलाई चर्चा गर्ने कोशीस गरिएको छ । विभिन्न अध्ययन अनुसन्धानहरु, लेख रचनाहरुलाई आधार मानेर हेर्दा घरबाट सबै काम सम्पन्न गर्न सकिन्छ भन्ने पनि देखिदैन । तथापी कतिपय काम कार्यालयभन्दा घरमा बसेर गर्दा अझ प्रभावकारी हुने पनि देखिन्छ । त्यसैले कामका आधारमा कुन काम कहाँ गर्ने भनेर छनोट गर्ने चलाख कर्मचारीले यसलाई उपयोग गर्न सक्छ । 

यसका लागि घर र कार्यालयमा सर्वश्रेष्ठ समय कसरी दिने जसले उत्पादकत्वलाई बृद्धि गरोस् भन्ने विषयलाई पहिले त हामीले बुझ्न जरुरी छ । जसले हाम्रो व्यक्तित्वका लागि समेत हित गर्दछ । यदि तपाईलाई घर र कार्यालयमा काम गर्न अनुमति छ भने तपाईले कुन दिन घरमा बस्ने कुन दिन अफिसमा गएर काम गर्ने भन्ने विषयमा योजना बनाउन जरुरी छ । जसले तपाईलाई व्यवस्थित र उत्पादकत्व बृद्धि गर्दछ । जब लकडाउन भयो शुरु शुरुमा मानिसहरुले घरबाट काम गर्न जानेनन् अथाव त्यसलाई तनावपूर्ण अवस्थाका रुपमा लिए तर अहिले घरबाट काम गर्नुलाई समान्य रुपमा लिइदै आएको छ ।

मुख्य कुरा के हो भने कामको कुन भाग कुन स्थानमा बसेर गर्दा उत्कृष्ट रिजल्ट निस्कन्छ भन्ने कुरा पत्ता लगाउन सक्नुपर्छ । यसलाई सरल र सहज रुपमा लिनुपर्छ । समन्वय गरेर गर्नुपर्ने कामका लागि अफिसमा गएर गर्दा राम्रो नतिजा निस्कन्छ । एकाग्रतामा बसेर गर्नुपर्ने कार्यका लागि घरलाई चुन्दा राम्रो हुन्छ । कहिले काँही त्यो सम्भव नहुन सक्ला त्यसका लागि प्रत्येकले आफ्नो अवस्था बुझेर कार्य योजना बनाउन सक्नुपर्छ । अत्याधिक पारस्परिकमा निर्भरता हुनुपर्ने काम आफ्नो सहकर्मीहरुसँग अलग भएर गर्न निकै गाह्रो हुन्छ ।  यस विषयमा भएका कतिपय अनुसन्धानले पनि यो पुष्टि गरेको छ । 

टाढा बसेर सहयोग गर्दा वास्तवमा सहकर्मीहरुबीचको सम्बन्ध र संलग्नतालाई बलियो बनाउँछ किनकि उनीहरुको संचार र आपसी सहयोगमा सुधार गर्न आावश्यक छ । त्यहाँ अरु कुराले पनि भूमिका खेलेको हुन्छ । जस्तै ड्राफ गर्ने काम तपाई घरमा उत्कृष्ट रुपमा गर्न सक्नुहुन्छ तर त्यसको प्रारम्भिक रुपरेखा विकास गर्नका लागि सहकर्मीहरुसँग सहकार्य गर्न आवश्यक हुन्छ । अर्थात छलफलको आवश्यकता रहन्छ । फोनमार्फत पनि मस्तिक मस्थन गर्न सक्नु हुन्छ । तर त्यो त्यति प्रभावकारी नहुन सक्छ । तथापी जुमजस्ता मिटिङ गर्ने सव्टवेयरको प्रयोग गर्न सकिन्छ । संवेदशनसिल समयलाई  कार्यालय आएर खेर फ्याक्नु हुन्छ भने त्यसलाई हटाउनुस् । यो फेरी घरको केसमा पनि लागु हुन्छ । उत्पादकत्व बृद्धिमा फोकस गर्नुपर्छ । कार्यालय वा घर भन्ने विषयले भन्दा पनि । घरमा बस्दा समय खेर जान्छ भने कार्यालय जानुस् । कार्यालयमा गएर उत्पादकत्व गर्न कठिन छ भने घरबाटै काम गर्नुस् । तर उत्पादकत्व बृद्धि हुन जरुरी छ ।  हाइब्रिड कार्य योजना सिर्जना गर्नका लागि पहिला त आफ्नो कामको विश्लेषण गरेर कुन चिजले उत्पादकत्वलाई असर गर्दछ भनेर बुझ्नुस् । त्यसपछि जिम्मेवारीका लागि आफ्नो स्थान चयन गर्न सहज हुन्छ । 


ट्रयाक म्याट्रिक्स

प्रत्येक स्थानमा आफ्नो उत्पादकत्वलाई ट्रयाक गर्नका लागि पहिले के गर्ने भनेर पत्ता लगाउन आवश्यक छ । हामी घण्टाको आधारमा उत्पादकत्वलाई नाप्ने विषयमा सोच्दछौं तर प्रभावकारी मापन भनेको आफ्नो मेहेनतको वास्तविक परिणाको मापन नै हो । 

हार्ड मेट्रिक्सका लागि केहि आउटपुट मापनका लागि हेर्न सकिन्छ ।( टाइप गरेका शब्दहरु, उत्तर दिइएको इमेल, गरेका कार्यहरु) साथ साथै समय कसरी प्रयोग भयो भनेर तथ्याङ्क ेहेर्न सकिन्छ । यसका लागि स्वचालित समय ट्रयाकर एप्सलाई प्रयोग गर्न सकिन्छ । 

नरम मेट्रिक्सका लागि दुवै तपाईको मुड र प्रत्येक दिनको अन्त्यमा हुने उपलब्धिमा तपाईको भावना (१देखि ५ को मापन उपयोग हुन सक्छ) । अरुबाट प्रतिक्रिया ट्रयाक गर्नका लागि इमेल वा समूह सन्देश जस्ता चीजहरुको उपयोग गर्न सक्नुहुन्छ । 


एक स्पेडसिट सेट गर्नुहोस ः

एकैपटकमा पुरै मेट्रिक्स हेन सक्ने स्पेडसिट सेट गर्नुस् । सरल तरिकाले बनाउनुपर्छ । बायाँमा पहिलो स्तम्भमा मिति अनि सूची राख्ने । त्यसपछि प्रत्येक कार्यको उपलब्धीहरु र पुरा कार्यहरु जस्तै प्रत्येक प्रमुख मेट्रिेकका लागि एक स्तम्भ असाइन गर्नका लागि हो । तपाई कति समय विचलन भयो । अनलाईन शपिङ, ब्राउजिङ, गेमिङमा भने पनि हेर्न सक्नुहुन्छ । कति समय तपाई बैठकहरुमा खर्च गर्दै हुनुहुन्छ र कतै धेरै समय तपाई एप्समा खर्च गरिरहुनभएको छ कि मापन गर्न सकिन्छ । 

सिमित समयमा एक वा दुई महिनामा आफ्नो दैनिक उत्पादकत्वलाई आफूले व्याख्या गरेको कुनै पनि म्याट्रिक्सको आधारमा ट्रयाक गर्न सक्नुहुन्छ । कार्यालय आउनु अगाडि यो कार्य गर्न सकिन्छ । उत्पादकत्व म्याट्रिकलाई घरमा बस्दा र कार्यालयमा बस्दा कुनमा कस्ता रिजल्ट आउछ भनेर मुल्यांकन गर्न सक्नुहुन्छ ।


 ढाँचाहरुलाई हेर्नुस्

 यदि तपाईको उत्पादक समय र मनोदशमा दिन प्रतिदिन भिन्न भइरहेको छ । यसलाई गहिरोसँग विश्लेषण गर्नका लागि चार्ट बनाएर मुड र अन्य विविधताबिचको सम्बन्धलाई हेर्न सक्नुहुन्छ । हुनसक्छ तपाईले थोरै मिटिङमार्फत नै धेरै काम सम्पन्न गर्न सक्नुहुन्छ । 

कुन काम गर्नमा राम्रो गर्न सकिन्छ कुन काम कार्यालयमा राम्रो गर्न सकिन्छ भनेर पत्ता लगाए पछि तपाईले पत्येक दिनलाई राम्रोसँग उपयोग गर्न सक्नुहुन्छ ।


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Olivedale -1

  The fun of walking in an unknown place in the dark   is Unique. Probably, because of the journey with Guru Premangee,  I was feeling like a happy and satisfied person. We climbed the hill and knocked on the door of the wooden building. A tall man opened the door. Fair-skinned as like a European with a bushy beard and hair, He was in a yellow jacket and red trousers. Touching the fire, we entered. There was a tradition that a person should touch the fire when entering house. Guru: 'He is Viraj ji' A wonderful Guy. In a few moments, we became like friends who already knew each other. Biraj raised the issue of Organic. A white woman and a beautiful baby boy entered . Biraj introduced us to them. She was the wife of Biraj and the smart boy was his son, Shiva. Very funny and responsive. Liked to play with people. Seeing the smiling face of his child, the rained of happiness was evident on Biraj's face. The joy of children is the happiness of life. I felt, the coupl...

नेतृत्वका लागि चमत्कारी बुटी

  👌 Ram Sudan Timalsina  जितको, उत्सवको, विजयीको माइन्ड सेट बनाएर हिड्न जरुरी छ । त्यसका लागि हामीले अभ्यास गर्नुपर्छ । हामीले जीवन पद्धतिमा परिवर्तन गर्नुपर्छ अनी हाम्रो नेतृत्व कौशलतामा परिवर्तन आउने छ । नेतृत्वले भविश्वका लागि प्रेरणादायी लक्ष्य निर्धारण गर्दछ । जसको पछाडी त्यो अभियान दौडिन्छ । के तपाई हामी यस्तो लिडर बन्न सकेको छौं । के हामीले यस्तो नेतृत्व पाएका छौं । सोचौं त ? कुनै पनि व्यवसाय वा राजनीतिक उद्देश्य प्राप्तिका लागि मानिसलाई जोडिन उत्साहित बनाउने सफल हुन्छ  । लक्ष्य हासिलका लागि टिम चाहिन्छ । त्यो टिम भिजनमा स्पष्ट हुनुपर्छ र लिडरले उनीहरुमा यस्तो ऊर्जा भर्छ जसका कारण उनीहरु महत्वपूर्ण योगदान गर्न प्रेरित हुन्छन् । करले होइन मनदेखि नै उनीहरु त्यो लक्ष्य हासिल गरेपछिको भश्वियका लागि उत्साहित भएर त्यो दिन देखेर वर्तमानमा सक्रिय हुन्छन् । के तपाई पनि यस्तै टिम तयार गर्न चाहानु हुन्न ? अवश्य पनि । यसका लागि तपाई तयार हुनुपर्छ । तपाई तयार हुनुभयो भने यो ब्रम्हाण्डले तपाईले चाहेको सबै स्रोत साधान जुटाइदिने छ ।  के तपाईलाई यो कुरामा विश्वास छैन ? तपाईको...

हाँस्दा हुने ७ आश्चर्यजनक फाइदा

  हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ ।  १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ ।  ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...