पुरानो नोकियाको फोनमा बढीमा ३ सय जतिको नम्बर सुरक्षित हुन्थ्यो । आज हामीले बोक्ने स्मार्ट फोनमा हजारौको नम्बर सुरक्षित छ । तर मोबाइलमा सेभ भएकामध्ये कुनै पनि नम्बरले हाम्रो विल तिर्न सहयोग पु¥याएका छन् ? अधिकांशले भन्ने गरेको सुनिन्छ, यो फोन अर्काको सेवाका लागि मात्र हो । यति हुदा पनि मानिसले मोबाइललाई महत्वपूर्ण समयमा पनि व्यवस्थापन गरिरहेको चाँही पाइदैन । यो एउटा रोग नै बनेको छ । मोबाइलकै कारण अहिले नोमोफोविया भन्ने मानसिक रोग समेत देखिएको चिकित्सकहरुले बताएका छन् ।
नोमोफोवियाको अर्थ हो ‘नो मोबाइल फोन’ फोविया । नोमोफोविया मनोवैज्ञानिक अवस्था वर्णन गर्न प्रयोग गरिन्छ । जो व्यीक्तलाई मोबाइल फोन कनेक्टििभिटीबाट टाढा हुइन्छ कि भन्ने डर हुन्छ त्यस्तो रोगलाई नोमोफोविया भनिएको हो । यो शब्द डिएसएम ४ मा वर्णित परिभाषा अनुसार बनाइएको छ । एक विशेष बस्तुका लागि फोविया भएको रुपमा यसलाई व्याख्या गरिन्छ । जब व्यक्तिले मोबाईल फोनलाई अधिक प्रयोग गर्दछ । उसले कम आत्मसम्मान पाएको अलग भएको महसुस गर्दछ । यस समस्या विश्वव्यापी रुपमा छ । अहिले कोरोना भाइरसका कारण लकडाउन छ । निशेधाज्ञा भएका कारण विद्यार्थी घरबाटै अनलाइन कक्षा लिइरहेका छन् । उनीहरु पढ्ने, खेल्ने सबै काम यहि डिभाइसबाट गरिरहेका छन् । यसले कति ठूलो असर गर्ला हामी सोच्न सक्दैनौं । नोमोफोवियामा पनि अन्य सामाजिक फोवियाकै जस्तो लक्षण देखिएको चिकित्सकहरु बताउँछन् । मोबाइल फोनका लतका कारण नै ती लक्षण देखिएको हो कि होइन भनेर सहज रुपमा पत्ता लगाउन भने सकिदैन । श्वासप्रश्वासमा परिवर्तन हुने, काप्ने, पसिना आउने, चिच्याउने, विद्रोह गर्ने जस्ता लक्षण यो रोगका कारण देखिन सक्ने अनुमान छ ।
यसको उपचार गर्दा होसियारपुर्वक गर्नुपर्ने विज्ञहरुले बताउँछन् । नोमोफोवियाका कारण कहिले काही अवस्था जटिल पनि बन्न सक्छ । जुन पारिवारिक सदस्य तथा चिकित्सकहरुका लागि चुनौतीपूर्ण हुन्छ । रोग लाग्नुभन्दा पनि लाग्नै नदिनु महत्वपूर्ण हो । तर हामी आफैले मोबाइलको व्यवस्थापन गरेनौं भने हाम्रा सन्तानले यसलाई झन कसरी व्यवस्थापन गर्लान् । चुनौतीपूर्ण छैन त ? अन्य क्लिनिकल लक्ष्यहरु प्नि यस्ता रोगीमा देखिने भएकाले मोबाइलकै कारणले समस्या भएको हो कि होइन भन्ने सकिने अवस्था नरहन सक्छ । जसका कारण नोमोफोविया भन्ने विषयलाई अस्विकार पनि गर्न सकिने अवस्था देखिन्छ । आज हामीले कल्पना नगरेको अवस्था सिर्जना भएको छ । हामी वास्तविक दुनियामा भन्दा बढी भर्चुअल दुनियामा बस्नुपर्ने छ । सभा सम्मेलन, मिटिङ, भेटघाट जस्ता विषय भर्चुअल रुपमा गर्नुपर्ने बाध्यात्मक परिस्थिति कोरोना भाइरसका कारण सिर्जित छ । विस्तारै भर्चुअल सहभागीतालाई नै व्यवहारिक बनाइदै छ । हामीले दिने लिने परामर्शदेखि किनमेल र अध्ययनसमेत भर्चुअल रुपमा भैरहेको सन्र्दभमा मोबाइल फोनको प्रयोग न्युनिकरणभन्दा पनि बृद्धि हुने स्वत देखिन्छ । यस्तो अवस्थामा कसरी मोबाईल फोनको व्यवस्थापन गर्ने ?
प्रकृतिसँग जटि टाढा हुन्छौं त्यति नै हामीमा विकार बढ्दै जाने स्पष्ट भैसकेको छ । वास्तविक दुनियालाई स्थापित गर्न मानव मानवबिच अन्तक्रिर्यालाई पुनः स्थापित गराउनका लागि हामी लागि पर्नुपर्ने अवस्था छ ।
मोबाइल फोनको प्रयोगलाई अहिले हामी नकार्न सक्दैनौं । यसलाई प्रतिबन्ध गर्ने कुरा गनु भनेको पागलपन नै हो । तर यसलाई सिमित गर्न त सकिन्छ । प्रविधिको शक्तिलाई पनि आत्मसाथ गर्दै हामीले यसको अवलम्बन गर्नुको विकल्प छैन ।
नोमोफोबिया भन्ने शब्द युकेको हुलाक कार्यालयले सन् २००८ मा एक अध्ययनको क्रममा प्रयोग गरेको थियो । त्यो अध्ययनको उद्देश्य मोबाईल फोनको अधिक प्रयोगका कारण हुने चिन्ताकोे अध्ययन गर्नु थियो । उक्त अध्ययनका अनुसार मोबाइल प्रयोग गर्ने मध्ये ५३ प्रतिशत बेलायती आफ्नो मोबाइल फोन हराउँदा, ब्याट्री वा क्रेडिट सकिदा नेटवर्क कभरेज नहुँदा डराउँछन । केहि गुमाएको महसुस गर्दछन् । ५८ प्रतिशत पुरुष र ४७ प्रतिशत महिलाले मोबाइल फोनको चिन्ताबाट पिडित थिए । ९ प्रतिशत ले मोबाइल फोन बन्द भएको बेला तनाव महसुस गरेको बताएका थिए । यी लक्ष्यण फोवियाको मुख्य कारण भएको बताइएको थियो ।
यो अध्ययनले जे देखाएको भए पनि हामीले २१ औं शताब्दीको आधुनिक प्रविधिबाट भाग्न सक्दैनौं । दिनानुदिन यो परिवर्तन भइरहेको छ र प्रविधि अझ अत्याधुनिक भइरहेको छ । यो गास, बास, कबास पछिको महत्वपूर्ण चिजको रुपमा स्थापित भैसकेको छ । जसले हाम्रो जीवनमा नयाँ खाले चुनौतीको उदय हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने अवस्था सिर्जना भएको छ । यो एउटा टेक्निोलोजी हो । त्यसैले कतिपयले टेक्नोलोजिका कारण भएको फोविया भएकाले यसलाई टेक्नोफोविया पनि भनेका छन् । १९८३ मा बजारमा पहिलो पटक पहिलो मोबाइल फोन सार्वजनिक भएको थियो । त्यतिबेला यो डिभाइस यति शक्तिशाली होला भनेर कल्पना गरिएको थिएन होला । तर आज यसले विश्वलाई एउटा टोलमा सिमित गरिदिन सफल भएको छ । हामीले लागुऔषधीको लत लागेको मानिसहरुलाई देखेका छौं । तर कतै हामी आफै गैर लागुऔषधका रुपमा रहेको लतमा त फसिरहेका छैनौं । समयमा नै सचेत हुदै आफ्नो जीवन व्यवस्थापन गर्नुपर्ने छ । पछिल्लो समय हामी वास्तविक संसारबाट स्वतन्त्र र भर्चुअल दुनियाको दास बनिरहेका छौं । आज किशोरकिशोरीहरुलाई मोबाइल फोन विनाको समाज सम्झनुस् भनेर भन्नुस् त उनीहरु चिन्तित हुन्छन् । त्यो उनीहरुको कल्पनाभन्दा बाहिरको कुरा हुन्छ । विहान उठ्ने वित्तिकै तपाईले पहिले हेर्ने बस्तु हो मोबाइल । ननिदाएसम्म च्यापिराख्ने चिज हो मोबाइल । एक अध्ययनका अनुसार ६१ प्रतिशत मानिसले विहान उठ्ने वित्तिकै स्मार्टफोन हेर्दछन् ।
अझ नेपालमा त मोबाइल फोन प्रयोगको कुनै सिमित दायर नै छैन । एक भन्दा बढी मोबाइल बोकेर हिड्नेलाई स्मार्ट मान्छौं हामी । एउटै मोबाइलले नै हामीलाई ध्वस्त पार्न सक्छ भने दुइ÷तीनवटा सेट बोकेर मानिसले के प्रमाणीत गरिरहेको छ ? उसैलाई थाहा छैन । नोमोफोवियाका लागि यो इन्धन हाले जस्तै हुन सक्छ । अब नेपालमा पनि मोबाइल प्रयोगको नीति नियमा बनाएर दृष्टिकोण सार्वजनिक गर्नुपर्छ कि । इन्टरनेटको दुरुपयोगले ठूला ठूला दुर्घटना भएका छन् । अभिभावकहरुले आफ्नो बालबच्चालाई घरभित्र भन्दा पनि बाहिर खेल्न, धार्मिक चाडपर्वमा सहभागी हुन प्रोत्साहित गर्नुपर्छ । आफन्तलाई चिनजान गराउने, भेटघाट गर्ने सिलसिलालाई बढवा दिनुपर्छ । तबमात्र हामीले समाजमा नयाँ ऊर्जा थप्न सक्छौं । अहिले आफ्नै परिवारका सदस्यबिच आत्मिय सम्बन्ध बनिरहेको छैन । यो अवस्थालाई बढ्न दिनु हुदैन । आमुने सामुने कुराकानी गर्ने समय सिर्जना गर्नुपर्छ । अब त विद्यालयमा नै मोबाइलको प्रयोगको विषयमा व्यवहारिक शिक्षा दिनुपर्ने हुन्छ । सामाजिक गतिविधिहरुलाई प्रोत्साहित गर्दै युवाहरुलाई रचनात्मक रुपमा संगठीत गर्न आवश्यक छ । आउटिङ्ग, शारिरिक गतिविधि र सामाजिक अन्तक्रियामा संलग्न गराउनु नै नोमोफोवियाविरुद्धको अभियान हुने छ ।
मानव सामाजिक प्रणाली भएकाले हामीले सबैभन्दा पहिले हाम्रो समाजिक सम्बन्धलाई मजबुद बनाउनुपर्छ । केहि समय अघि हाम्रो सामाजिक सम्बन्ध बलियो थियो । तीव्र शहरीकरण, बसाइ सराइ, बढ्दो सख्याका कारण हाम्रो समाज विघटन भएको छ । यसले भिडमा एक्लो भइरहेको आभाष हुन्छ । हामीसाग हजारौ भर्चुअल साथीहरु छन् । सुखमा उनीहरुले खुसी व्यक्त गर्दछन्, दुखमा दुखका शब्द व्यक्त गर्दछन् सामाजिक मिडियाको सहायतले । तर वास्तविकतामा धेरै थोरैसँग हामी कुराकानी गरिरहेका छौं । सान्त्वना पाइरहेका छौं ।
बालबालिकालाई सानो ठाउँमा सिमित गर्न, बालस्वभावलाई चन्चलतालाई रोक्ने आज मानिसले मोबाइलको प्रयोग गरेका छन् । जब बालबालिका मोबाइलमा हुन्छन् उनीहरु मतापिताको निगरानीबाट मुक्त भएका हुन्छन् । उनीहरु देख्दा एउटा कोठाको एउटा कुनामा हुन्छन् तर साथीहरुसँग नेटवकिङ्ग च्याटिङको माध्यमबाट सहज रुपमा हजारौ माइल पर पुग्छन् । मोबाइल फोनले सम्पर्कको भावना दिइरहेको हुन्छ तर प्रत्यक्ष अन्तक्रियलाई घटाइरहेको छ । एक आपसमा प्रत्यक्ष भेट्दा उनीहरु गफिदैनन् । सातै दिन चौविसै घन्टा मोबाइल साथमा रहनु आवश्यक छ ? मोबाइल साथमा रहेर मात्र पुग्दैन पटक पटक छिन छिनमा स्क्रीन हेर्नुपनि गछौं । केहि नोटिफिकेशन आएकै हुदैन । उनीहरु नोटिफिकेसन हेरिदैन कि भनेर पटक पटक स्क्रीन हेरिरहेका हुन्छन् । आज मोबाइल फोनका कारण आर्थिक तनावसमेत सिर्जना हुन थालेको छ । स्वास्थ्य समस्या त सामान्य बनिसक्यो । बढी प्रयोगका कारण कुहिनो, हात घाँटीको दुखाई जस्ता शारीरिक समस्या निम्त्याउन सक्छ । अब जसरी दातका छुट्टै डाक्टर हुन्छन्। त्यसैगरि घाँटी, हात कुहिनो दुखाइको विषयमा छुट्टै अध्ययन गर्नुपर्ने र त्यसका छुट्टै विज्ञ आवश्यक पर्न सक्छ ।
हवाइजहाज ल्यान्ड गर्दा एक छिन मोबाइल नचलाउन भन्दा पनि मानिस टेरिरहेको हुदैन भने पछि अब भन्नुस यो कति जटिल समस्या बन्दै छ भने त्यसैले समयमा नै हामी सजक हुदै यस नोमोफोवियाबाट हुने हाम्रो सामाजिक, मानसिक र शारीरिक समस्या आउन दिनु हुदैन । हामी प्रकृतिसँग रमाउनुपर्छ । समाजसँग, परिवारसँग हासखेल गर्नुपर्छ । वास्तविक दुनियामा भर्चुअल दुनियाभन्दा बढी रहनुपर्छ भन्ने नियम नै बनाउनुपर्छ । हामीले मानव मानवबिचको सम्बन्ध, अन्तक्रिया, वार्तालापलाई कायम राख्दै अगाडि बढ्नुपर्छ ।
हामी आफैले नोमोफोवियाविरुद्ध लड्नुपर्छ । आजबाट हामीले यस्ता केहि कदम चाल्नुपर्छ ।
- अधिक आरामदायी निद्रा प्राप्त गर्न रातको समय मोबाइल बन्द गर्न सकिन्छ । यदि तपाईलाई ओछ्यान छोड्नका लागि घट्टी बजाउनुपर्छ भने फोनलाई आफूभन्दा टाठा राख्नुहोस । धेरै टाढाा राख्नुहोस् । जसले गर्दा राती बिचमा उठेर मोबाइल फोन हेर्न नसकियोस् ।
- मनिङ्ग वाक जाँदा वा केहि छोटो अवधिका लागि मोबाइल घरमै छोड्ने अभ्यास गर्नुहोस् । बेलुका खाना खादा, हिडडुल गर्दा सबै टेक्नोलोजीलाई टाठा राख्ने कोशिस गर्न सकिन्छ । पत्र लेख्ने, चुप लागेर बस्ने जस्ता अभ्यास गर्नुहोस् ।
- सम्भव भएमा साथीहरु, प्रियजनहरुलाई व्यक्तिगत अन्तक्रिया गर्न प्रोत्साहित गर्नुहोस् । भेटेर गफिनुहोस् । भेटघाटको कार्यक्रम आयोजना गर्नुहोस् ।
- एक हप्ताको छुट्टीको योजना बनाउने र त्यसमा बढी समय प्रकृतिसँग, मानिस, प्राणीसँग घुलमिल हुने अवसरको खोजी गर्नु होस् ।
- प्रत्येक दिन यस्तो समय सेट गनु होस जहाँ मोबाइल फोन बन्द हुन्छ र अन्य गतिविधिमा संलग्न भइन्छ ।
- शारिरिक रुपमा तपाई नजिक रहेका व्यक्तिसँग व्यक्तिगत अन्तक्रिया गर्ने प्रयोग गर्नुहोस् ।
- सहकर्मी, सहपाठीसँग छिमेकीसँग कुराकानी गर्नु होस् ।
- नो स्मार्टफोन नो सोसल मिडिया हप्ता मनाउने कोशिस गर्नुहोस् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें
thank you