सीधे मुख्य सामग्री पर जाएं

हाँस्दा हुने ७ आश्चर्यजनक फाइदा

  हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ ।  १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ ।  ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...

मोबाईल होशियारपूर्वक चलाउ




पुरानो नोकियाको फोनमा बढीमा ३ सय जतिको नम्बर सुरक्षित हुन्थ्यो  । आज हामीले बोक्ने स्मार्ट फोनमा हजारौको नम्बर सुरक्षित छ । तर मोबाइलमा सेभ भएकामध्ये कुनै पनि नम्बरले हाम्रो विल तिर्न सहयोग पु¥याएका छन् ? अधिकांशले भन्ने गरेको सुनिन्छ, यो फोन अर्काको सेवाका लागि मात्र हो । यति हुदा पनि मानिसले मोबाइललाई महत्वपूर्ण समयमा पनि व्यवस्थापन गरिरहेको चाँही पाइदैन । यो एउटा रोग नै बनेको छ । मोबाइलकै कारण अहिले नोमोफोविया भन्ने मानसिक रोग समेत देखिएको चिकित्सकहरुले बताएका छन् । 

नोमोफोवियाको अर्थ हो ‘नो मोबाइल फोन’ फोविया । नोमोफोविया मनोवैज्ञानिक अवस्था वर्णन गर्न प्रयोग गरिन्छ । जो व्यीक्तलाई  मोबाइल फोन कनेक्टििभिटीबाट टाढा हुइन्छ कि भन्ने डर हुन्छ त्यस्तो रोगलाई नोमोफोविया भनिएको हो । यो शब्द डिएसएम ४ मा वर्णित परिभाषा अनुसार बनाइएको छ । एक विशेष बस्तुका लागि फोविया भएको रुपमा यसलाई व्याख्या गरिन्छ । जब व्यक्तिले मोबाईल फोनलाई अधिक प्रयोग गर्दछ । उसले कम आत्मसम्मान पाएको अलग भएको महसुस गर्दछ । यस समस्या विश्वव्यापी रुपमा छ । अहिले कोरोना भाइरसका कारण लकडाउन छ । निशेधाज्ञा भएका कारण विद्यार्थी घरबाटै अनलाइन कक्षा लिइरहेका छन् । उनीहरु पढ्ने, खेल्ने सबै काम यहि डिभाइसबाट गरिरहेका छन् । यसले कति ठूलो असर गर्ला हामी सोच्न सक्दैनौं ।  नोमोफोवियामा पनि अन्य सामाजिक फोवियाकै जस्तो लक्षण देखिएको चिकित्सकहरु बताउँछन् । मोबाइल फोनका लतका कारण नै ती लक्षण देखिएको हो कि होइन भनेर सहज रुपमा पत्ता लगाउन भने सकिदैन । श्वासप्रश्वासमा परिवर्तन हुने, काप्ने, पसिना आउने, चिच्याउने, विद्रोह गर्ने जस्ता लक्षण यो रोगका कारण देखिन सक्ने अनुमान छ ।

यसको उपचार गर्दा होसियारपुर्वक गर्नुपर्ने विज्ञहरुले बताउँछन् । नोमोफोवियाका कारण कहिले काही अवस्था जटिल पनि बन्न सक्छ । जुन पारिवारिक सदस्य तथा चिकित्सकहरुका लागि चुनौतीपूर्ण हुन्छ । रोग लाग्नुभन्दा पनि लाग्नै नदिनु महत्वपूर्ण हो । तर हामी आफैले मोबाइलको व्यवस्थापन गरेनौं भने हाम्रा सन्तानले यसलाई झन कसरी व्यवस्थापन गर्लान् । चुनौतीपूर्ण छैन त ? अन्य क्लिनिकल लक्ष्यहरु प्नि यस्ता रोगीमा देखिने भएकाले मोबाइलकै कारणले समस्या भएको हो कि होइन भन्ने सकिने अवस्था नरहन सक्छ । जसका कारण नोमोफोविया भन्ने विषयलाई अस्विकार पनि गर्न सकिने अवस्था देखिन्छ । आज हामीले कल्पना नगरेको अवस्था सिर्जना भएको छ । हामी वास्तविक दुनियामा भन्दा बढी भर्चुअल दुनियामा बस्नुपर्ने छ । सभा सम्मेलन, मिटिङ, भेटघाट जस्ता विषय भर्चुअल रुपमा गर्नुपर्ने बाध्यात्मक परिस्थिति कोरोना भाइरसका कारण सिर्जित छ । विस्तारै भर्चुअल सहभागीतालाई नै व्यवहारिक बनाइदै छ । हामीले दिने लिने परामर्शदेखि किनमेल र अध्ययनसमेत भर्चुअल रुपमा भैरहेको सन्र्दभमा मोबाइल फोनको प्रयोग न्युनिकरणभन्दा पनि बृद्धि हुने स्वत देखिन्छ । यस्तो अवस्थामा कसरी मोबाईल फोनको व्यवस्थापन गर्ने ?

प्रकृतिसँग जटि टाढा हुन्छौं त्यति नै हामीमा विकार बढ्दै जाने स्पष्ट भैसकेको छ । वास्तविक दुनियालाई स्थापित गर्न मानव मानवबिच अन्तक्रिर्यालाई पुनः स्थापित गराउनका लागि हामी लागि पर्नुपर्ने अवस्था छ  ।

 मोबाइल फोनको प्रयोगलाई अहिले हामी नकार्न सक्दैनौं । यसलाई प्रतिबन्ध गर्ने कुरा गनु भनेको पागलपन नै हो । तर यसलाई सिमित गर्न त सकिन्छ । प्रविधिको शक्तिलाई पनि आत्मसाथ गर्दै हामीले यसको अवलम्बन गर्नुको विकल्प छैन । 

नोमोफोबिया भन्ने शब्द युकेको हुलाक कार्यालयले सन् २००८ मा एक अध्ययनको क्रममा प्रयोग गरेको थियो । त्यो अध्ययनको उद्देश्य मोबाईल फोनको अधिक प्रयोगका कारण हुने चिन्ताकोे अध्ययन गर्नु थियो । उक्त अध्ययनका अनुसार मोबाइल प्रयोग गर्ने मध्ये ५३ प्रतिशत बेलायती आफ्नो मोबाइल फोन हराउँदा, ब्याट्री वा क्रेडिट सकिदा नेटवर्क कभरेज नहुँदा डराउँछन । केहि गुमाएको महसुस गर्दछन् । ५८ प्रतिशत पुरुष र ४७ प्रतिशत महिलाले मोबाइल फोनको चिन्ताबाट पिडित थिए । ९ प्रतिशत ले मोबाइल फोन बन्द भएको बेला तनाव महसुस गरेको बताएका थिए । यी लक्ष्यण फोवियाको मुख्य कारण भएको बताइएको थियो । 

यो अध्ययनले जे देखाएको भए पनि हामीले २१ औं शताब्दीको आधुनिक प्रविधिबाट भाग्न सक्दैनौं । दिनानुदिन यो परिवर्तन भइरहेको छ र प्रविधि अझ अत्याधुनिक भइरहेको छ । यो गास, बास, कबास पछिको महत्वपूर्ण चिजको रुपमा स्थापित भैसकेको छ  । जसले हाम्रो जीवनमा नयाँ खाले चुनौतीको उदय हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने अवस्था सिर्जना भएको छ । यो एउटा टेक्निोलोजी हो । त्यसैले कतिपयले टेक्नोलोजिका कारण भएको फोविया भएकाले यसलाई टेक्नोफोविया  पनि भनेका छन् । १९८३ मा बजारमा पहिलो पटक पहिलो मोबाइल फोन सार्वजनिक भएको थियो  । त्यतिबेला यो डिभाइस यति शक्तिशाली होला भनेर कल्पना गरिएको थिएन होला । तर आज यसले विश्वलाई एउटा टोलमा सिमित गरिदिन सफल भएको छ । हामीले लागुऔषधीको लत लागेको मानिसहरुलाई देखेका छौं । तर कतै हामी आफै गैर लागुऔषधका रुपमा रहेको लतमा त फसिरहेका छैनौं । समयमा नै सचेत हुदै आफ्नो जीवन व्यवस्थापन गर्नुपर्ने छ । पछिल्लो समय हामी वास्तविक संसारबाट स्वतन्त्र र भर्चुअल दुनियाको दास बनिरहेका छौं । आज किशोरकिशोरीहरुलाई मोबाइल फोन विनाको समाज सम्झनुस् भनेर भन्नुस् त उनीहरु चिन्तित हुन्छन् । त्यो उनीहरुको कल्पनाभन्दा बाहिरको कुरा हुन्छ । विहान उठ्ने वित्तिकै तपाईले पहिले हेर्ने बस्तु हो मोबाइल । ननिदाएसम्म च्यापिराख्ने चिज हो मोबाइल । एक अध्ययनका अनुसार ६१ प्रतिशत मानिसले विहान उठ्ने वित्तिकै स्मार्टफोन हेर्दछन् । 

अझ नेपालमा त मोबाइल फोन प्रयोगको कुनै सिमित दायर नै छैन । एक भन्दा बढी मोबाइल बोकेर हिड्नेलाई स्मार्ट मान्छौं हामी । एउटै मोबाइलले नै हामीलाई ध्वस्त पार्न सक्छ भने दुइ÷तीनवटा सेट बोकेर मानिसले के प्रमाणीत गरिरहेको छ ? उसैलाई थाहा छैन । नोमोफोवियाका लागि यो इन्धन हाले जस्तै हुन सक्छ । अब नेपालमा पनि मोबाइल प्रयोगको नीति नियमा बनाएर दृष्टिकोण सार्वजनिक गर्नुपर्छ कि । इन्टरनेटको दुरुपयोगले ठूला ठूला दुर्घटना भएका छन् । अभिभावकहरुले आफ्नो बालबच्चालाई घरभित्र भन्दा पनि बाहिर खेल्न, धार्मिक चाडपर्वमा सहभागी हुन प्रोत्साहित गर्नुपर्छ । आफन्तलाई चिनजान गराउने, भेटघाट गर्ने सिलसिलालाई बढवा दिनुपर्छ । तबमात्र हामीले समाजमा नयाँ ऊर्जा थप्न सक्छौं । अहिले आफ्नै परिवारका सदस्यबिच आत्मिय सम्बन्ध बनिरहेको छैन । यो अवस्थालाई बढ्न दिनु हुदैन । आमुने सामुने कुराकानी गर्ने समय सिर्जना गर्नुपर्छ । अब त विद्यालयमा नै मोबाइलको प्रयोगको विषयमा व्यवहारिक शिक्षा दिनुपर्ने हुन्छ  । सामाजिक गतिविधिहरुलाई प्रोत्साहित गर्दै युवाहरुलाई रचनात्मक रुपमा संगठीत गर्न आवश्यक छ । आउटिङ्ग, शारिरिक गतिविधि र सामाजिक अन्तक्रियामा संलग्न गराउनु नै नोमोफोवियाविरुद्धको अभियान हुने छ ।

मानव सामाजिक प्रणाली भएकाले हामीले सबैभन्दा पहिले हाम्रो समाजिक सम्बन्धलाई मजबुद बनाउनुपर्छ । केहि समय अघि हाम्रो सामाजिक सम्बन्ध बलियो थियो ।  तीव्र शहरीकरण, बसाइ सराइ,  बढ्दो सख्याका कारण हाम्रो समाज विघटन भएको छ । यसले भिडमा एक्लो भइरहेको आभाष हुन्छ  । हामीसाग हजारौ भर्चुअल साथीहरु छन् । सुखमा उनीहरुले खुसी व्यक्त गर्दछन्, दुखमा दुखका शब्द व्यक्त गर्दछन्  सामाजिक मिडियाको सहायतले । तर वास्तविकतामा धेरै थोरैसँग हामी कुराकानी गरिरहेका छौं । सान्त्वना पाइरहेका छौं । 

बालबालिकालाई सानो ठाउँमा सिमित गर्न, बालस्वभावलाई चन्चलतालाई रोक्ने आज मानिसले मोबाइलको प्रयोग गरेका छन् । जब बालबालिका मोबाइलमा हुन्छन् उनीहरु मतापिताको निगरानीबाट मुक्त भएका हुन्छन् । उनीहरु देख्दा एउटा कोठाको एउटा कुनामा हुन्छन् तर साथीहरुसँग नेटवकिङ्ग च्याटिङको माध्यमबाट सहज रुपमा हजारौ माइल पर पुग्छन् । मोबाइल फोनले सम्पर्कको भावना दिइरहेको हुन्छ तर प्रत्यक्ष अन्तक्रियलाई घटाइरहेको छ । एक आपसमा प्रत्यक्ष भेट्दा उनीहरु गफिदैनन् । सातै दिन चौविसै घन्टा मोबाइल साथमा रहनु आवश्यक छ ? मोबाइल साथमा रहेर मात्र पुग्दैन पटक पटक छिन छिनमा स्क्रीन हेर्नुपनि गछौं । केहि नोटिफिकेशन आएकै हुदैन । उनीहरु नोटिफिकेसन हेरिदैन कि भनेर पटक पटक स्क्रीन हेरिरहेका हुन्छन् । आज मोबाइल फोनका कारण आर्थिक तनावसमेत सिर्जना हुन थालेको छ । स्वास्थ्य समस्या त सामान्य बनिसक्यो । बढी प्रयोगका कारण कुहिनो, हात घाँटीको दुखाई जस्ता शारीरिक समस्या निम्त्याउन सक्छ । अब जसरी दातका छुट्टै डाक्टर हुन्छन्।  त्यसैगरि घाँटी, हात कुहिनो दुखाइको विषयमा छुट्टै अध्ययन गर्नुपर्ने र त्यसका छुट्टै विज्ञ आवश्यक पर्न सक्छ । 

हवाइजहाज ल्यान्ड गर्दा एक छिन मोबाइल नचलाउन भन्दा पनि मानिस टेरिरहेको हुदैन भने पछि अब भन्नुस यो कति जटिल समस्या बन्दै छ भने  त्यसैले समयमा नै हामी सजक हुदै यस नोमोफोवियाबाट हुने हाम्रो सामाजिक, मानसिक र शारीरिक समस्या आउन दिनु हुदैन । हामी प्रकृतिसँग रमाउनुपर्छ । समाजसँग, परिवारसँग हासखेल गर्नुपर्छ । वास्तविक दुनियामा भर्चुअल दुनियाभन्दा बढी रहनुपर्छ भन्ने नियम नै बनाउनुपर्छ । हामीले मानव मानवबिचको सम्बन्ध, अन्तक्रिया, वार्तालापलाई कायम राख्दै अगाडि बढ्नुपर्छ । 


हामी आफैले नोमोफोवियाविरुद्ध लड्नुपर्छ । आजबाट हामीले यस्ता केहि कदम चाल्नुपर्छ ।  

  • अधिक आरामदायी निद्रा प्राप्त गर्न रातको समय मोबाइल बन्द गर्न सकिन्छ । यदि तपाईलाई ओछ्यान छोड्नका लागि घट्टी बजाउनुपर्छ भने फोनलाई आफूभन्दा टाठा राख्नुहोस । धेरै टाढाा राख्नुहोस् । जसले गर्दा राती बिचमा उठेर मोबाइल फोन हेर्न नसकियोस् ।
  • मनिङ्ग वाक जाँदा वा केहि छोटो अवधिका लागि मोबाइल घरमै छोड्ने अभ्यास गर्नुहोस् । बेलुका खाना खादा, हिडडुल गर्दा सबै टेक्नोलोजीलाई टाठा राख्ने कोशिस गर्न सकिन्छ । पत्र लेख्ने, चुप लागेर बस्ने जस्ता अभ्यास गर्नुहोस् ।
  • सम्भव भएमा साथीहरु, प्रियजनहरुलाई व्यक्तिगत अन्तक्रिया गर्न प्रोत्साहित गर्नुहोस् । भेटेर गफिनुहोस् । भेटघाटको कार्यक्रम आयोजना गर्नुहोस् । 
  • एक हप्ताको छुट्टीको योजना बनाउने र त्यसमा बढी समय प्रकृतिसँग, मानिस, प्राणीसँग घुलमिल हुने अवसरको खोजी गर्नु होस् । 
  • प्रत्येक दिन यस्तो समय सेट गनु होस जहाँ मोबाइल फोन बन्द हुन्छ र अन्य गतिविधिमा संलग्न भइन्छ । 
  • शारिरिक रुपमा तपाई नजिक रहेका व्यक्तिसँग व्यक्तिगत अन्तक्रिया गर्ने प्रयोग गर्नुहोस् । 
  • सहकर्मी, सहपाठीसँग छिमेकीसँग कुराकानी गर्नु होस् । 
  • नो स्मार्टफोन नो सोसल मिडिया हप्ता मनाउने कोशिस गर्नुहोस् ।


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

नेतृत्वका लागि चमत्कारी बुटी

  👌 Ram Sudan Timalsina  जितको, उत्सवको, विजयीको माइन्ड सेट बनाएर हिड्न जरुरी छ । त्यसका लागि हामीले अभ्यास गर्नुपर्छ । हामीले जीवन पद्धतिमा परिवर्तन गर्नुपर्छ अनी हाम्रो नेतृत्व कौशलतामा परिवर्तन आउने छ । नेतृत्वले भविश्वका लागि प्रेरणादायी लक्ष्य निर्धारण गर्दछ । जसको पछाडी त्यो अभियान दौडिन्छ । के तपाई हामी यस्तो लिडर बन्न सकेको छौं । के हामीले यस्तो नेतृत्व पाएका छौं । सोचौं त ? कुनै पनि व्यवसाय वा राजनीतिक उद्देश्य प्राप्तिका लागि मानिसलाई जोडिन उत्साहित बनाउने सफल हुन्छ  । लक्ष्य हासिलका लागि टिम चाहिन्छ । त्यो टिम भिजनमा स्पष्ट हुनुपर्छ र लिडरले उनीहरुमा यस्तो ऊर्जा भर्छ जसका कारण उनीहरु महत्वपूर्ण योगदान गर्न प्रेरित हुन्छन् । करले होइन मनदेखि नै उनीहरु त्यो लक्ष्य हासिल गरेपछिको भश्वियका लागि उत्साहित भएर त्यो दिन देखेर वर्तमानमा सक्रिय हुन्छन् । के तपाई पनि यस्तै टिम तयार गर्न चाहानु हुन्न ? अवश्य पनि । यसका लागि तपाई तयार हुनुपर्छ । तपाई तयार हुनुभयो भने यो ब्रम्हाण्डले तपाईले चाहेको सबै स्रोत साधान जुटाइदिने छ ।  के तपाईलाई यो कुरामा विश्वास छैन ? तपाईको...

काम घरबाट कि कार्यालयबाट ?

अघिल्लो बर्षदेखि हामीमध्ये धेरैले घरबाटै काम गर्नुलाई सहजरुपमा लिन थालेका छौं । लचिलोपन, ध्यान केन्द्रीत गर्ने क्षमता र आवागमनको समस्याबाट मुक्त हुने भएकाले पनि मानिसले घरबाट नै कार्यालयको काम गर्नुलाई सहज रुपमा लिदै, अपनाउँदै आएका छन् । कतिपय अवस्थामा घरबाट नै काम गर्नुपर्ने बाध्यता पनि बन्ने गर्दछ । कोभिड १९को महामारीका कारण संक्रमण बढ्दै जाँदा लकडाउन हुने र कार्यालय जान सक्ने अवस्था नबन्ने भए पछि घरबाट काम गर्ने सस्कृतिको विकास भयो । आज विश्वभरी नै घरबाट काम गर्ने विषयले प्राथमिकता पाउँदै आएको छ ।  सबैले घरबाट काम गर्नुलाई नै सहज रुपमा लिन सक्दैनन् । कतिपयले कार्यालय जाँदाको अनुभवलाई मिठो रुपमा व्याख्या गर्दछन् । तथापी हामीसँग यतिबेला चाँही घरबाट काम गर्ने कि कार्यालयबाट भन्ने छनोट गर्न मिल्ने अवस्था पनि सिर्जना हुन थालेको छ । कार्यालय फेरी खुल्न थालेपछि तपाईले कार्यालय जाँदाको आनन्दलाई पनि अनुभव गर्न थाल्नु भएको हुन सक्छ  । त्यहाँ हुने सामाजिक अन्तक्रिर्या, सहयोग आदान प्रदान, खुसी र चिया कफीलाई सम्झनुहुन्छ होला ।  तर, कार्यालय नगई कार्य गर्न सकिने अवस्थामा धेरै कम्पनी...

Olivedale -1

  The fun of walking in an unknown place in the dark   is Unique. Probably, because of the journey with Guru Premangee,  I was feeling like a happy and satisfied person. We climbed the hill and knocked on the door of the wooden building. A tall man opened the door. Fair-skinned as like a European with a bushy beard and hair, He was in a yellow jacket and red trousers. Touching the fire, we entered. There was a tradition that a person should touch the fire when entering house. Guru: 'He is Viraj ji' A wonderful Guy. In a few moments, we became like friends who already knew each other. Biraj raised the issue of Organic. A white woman and a beautiful baby boy entered . Biraj introduced us to them. She was the wife of Biraj and the smart boy was his son, Shiva. Very funny and responsive. Liked to play with people. Seeing the smiling face of his child, the rained of happiness was evident on Biraj's face. The joy of children is the happiness of life. I felt, the coupl...