सीधे मुख्य सामग्री पर जाएं

हाँस्दा हुने ७ आश्चर्यजनक फाइदा

  हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ ।  १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ ।  ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...

हाँसो : औषधी !




  हाँसो हामीभित्र नै उत्पादन गर्न सकिने औषधी हो । घरबाहिर नगएर नै १५ देखि ३० मिनेट हाँस्य योग गरेर आफ्नो प्रतिरक्षा बढाउन सक्ने विज्ञको दाबी कयौं अनुसन्धानले पुष्टि गरिसकेको छ । हाँसो सर्वाधिक उत्तम औषधी हो भन्ने कुरालाई धेरैले स्वीकार्दै छन् । तर, निकै कमले मात्र यो औषधीको भरपुर सदुपयोग गरेको पाइन्छ ।

गाउँघरमा भन्दा पनि सहर बजारका मानिसमा हाँसो हराएको छ । त्यसले पनि हाँसोलाई हामीले आफूभित्र नै खोजी गर्नुपर्ने अवस्था छ । यो व्यस्त र सक्रिय सहरी जीवनशैलीमा मानिसले हाँस्न बिर्सेको प्रतीत हुन्छ । कडा औषधीका रूपमा रहेको हाँसो फेरि हामीमा, परिवारमा, समुदायमा र सहरमा बुलन्द पार्नुपर्ने भएको छ । बालबालिका दिनमा औसत ३ सयपटक हाँस्छन् । तर, वयस्क जम्मा १७ पटक मात्र हाँस्ने गरेको अनसुन्धानले देखाएको छ । हाँसोले फोक्सोलाई खोल्छ र श्वास प्रणालीका लागि निकै राम्रो मानिन्छ । हाँस्य योगले फोक्सोको क्षमता वृद्धि गराउन सहयोग गर्ने डा. सोनु गोयले बताएका छन् ।

मानिसको दिमाग र शरीरलाई सन्तुलनमा ल्याउनका लागि हाँसो उपयुक्त हुने विभिन्न अध्ययनले देखाएका छन् । तर, हाँसो अरू औषधी जस्तो क्याप्सुलमा बेचिँदैन । यो त हामीले नै सिर्जना गर्नुपर्छ ।

कोभिड महामारी कालमा फोक्सोको क्षमता वृद्धि गर्नु जरुरी छ । त्यसैले कोभिड–१९ विरुद्धको लडाइँ हामीले हाँसेर जित्न सक्छौं । अरू सुरक्षा कवज अपनाउँदै हाँस्य योगलाई हामीले जीवन पद्धति बनाउन सक्यौं भने शारीरिक, मानसिक र भावनात्मक परिवर्तनका लागि उत्तम औषधी बन्न सक्छ ।

यतिबेला फेरि हामी सेल्फ आइसोलेसन, सामाजिक दूरी कायम गर्ने वा घरबाट काम गर्ने अभ्यास सुरु गर्न थालेका छौं । त्यसैले घरभित्र हुँदा, एक्लै बस्दा मानिसले हाँस्न बिर्सिन्छ । त्यसले गर्दा नै मानिस प्रायः मानसिक, शारीरिक रूपमा रोगी हुन पुग्छन् । त्यसैले हामीले बाल्यकालमा झंै हाँस्न सिक्नुपर्ने भएको छ ।

यति कुरा थाहा पाउन डाक्टरको सल्लाह पनि चाहिँदैन तर हामी हाँस्न सकिरहेका छैनौं । मानिसको दिमाग र शरीरलाई सन्तुलनमा ल्याउनका लागि हाँसो उपयुक्त हुने विभिन्न अध्ययनले देखाएका छन् । तर, हाँसो अरू औषधी जस्तो क्याप्सुलमा बेचिँदैन । यो त हामीले नै सिर्जना गर्नुपर्छ । अनावश्यक बोझ बोकेर दिमाग ह्याङ बनाएर मानिस दुःखी भइरहेको छ । बोझ हल्का गर्न केही मिनेट हाँसौं त अनि हामीलाई थाहा हुन्छ, हाँसोको शक्ति ।

आज/भोलि हामी कम्प्युटरको नेटवर्क बलियो बनाउँछांै । तर, मानिस–मानिस बीचको सम्बन्धलाई भुल्न थालेका छौं । यथार्थ धरालतमा उभिन कुनै विषयमा केन्द्रित हुन र सचेत रहन हाँसो सहयोगी सिद्ध हुन्छ र हाँसोले सहरमा मानिसबीच टुटेको सम्बन्ध जोड्ने काम गर्छ ।

पटकपटक हाँस्न सक्दा धेरै रोग भाग्छ । मानिसको शरीरमा क्षय भएको ऊर्जालाई नवीकरण गर्ने शक्ति प्राप्त हुन्छ । समस्यासँग लड्ने शक्ति वृद्धि हुन्छ । यस्तो औषधीलाई हामी खर्च नगरी उपयोग गर्न पाइन्छ भने किन पछाडि हट्ने ? अब हामीले बाल्यकालको जस्तो हाँस्नुपर्छ । नाच्नुपर्छ, गाउनुपर्छ र खेल्नुपर्छ । त्यसैले जीवनलाई गम्भीर बनाउनेभन्दा पनि हाँस्नका लागि अवसर खोज्नेतिर लाग्नुपर्छ ।

हाँसोले सम्पूर्ण शरीरलाई आराम मिल्छ । राम्रोसँग हाँसिएको छ भने माशंपेशीलाई ४५ मिनेटसम्म आराम प्राप्त हुने वैज्ञानिकले पुष्टि गरेका छन् । हाँसोले तनाव गर्ने हार्माेन घटाउँछ र प्रतिरक्षा कोष र संक्रमणसँग लड्ने एन्टिबडी बढाउँछ । त्यसले मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा सुधार ल्याउँछ । हाँसोले एन्डोरफिन रिलिज गर्छ । त्यसले हाम्रो मन नै प्रफुल्लित हुन्छ । मानिस आनन्दको खोजीमा दौडिरहेको हुन्छ तर कस्तुरीले झंै आपूmभित्र नै उत्पन्न हुने हाँसोलाई भने मारिरहेको हुन्छ । एन्डोरफिनले समग्र कल्याणको भावनालाई बढवा दिन्छ र अस्थायी रूपमा दुःखाई कम गर्छ । हाँसोले त शान्तिसमेत स्थापना गर्न मद्दत गर्छ ।

हाँसोले मुटुको रक्षा गर्छ । हृदयघात जस्ता समस्याबाट बचाउँछ । हाँसोले क्यालोरीसमेत बर्न गर्छ । दिनमा १० देखि १५ मिनेट हाँस्दा लगभग ४० क्यालोरी जल्न मद्दत हुन्छ । हाँस्यास्पद पक्षलाई हेरेर समस्या कटुता वा असन्तोष नगरी चुनौतीको सामना गर्न सक्षम बनाउँछ । हाँसोले मानिसलाई अर्थ र आशको नयाँ स्रोत फेला पार्न साहस र बल दिन्छ । यस्तो महत्वपूर्ण हाँसोका लागि जोक्स, हाँस्य प्रहसनको आवश्यकता पर्ला भन्ने हुन सक्छ । वास्तवमा प्रायःजसो हाँसो चुट्किला सुनेर आउँदैन । त्यसैले केवल साथी र परिवारसँग समय बिताउँदा आउने हाँसो, यो सबैभन्दा उत्कृष्ट हो र समाजिक पक्ष पनि । आफ्नो फोन स्विच अफ गरेर जसलाई समय दिन सकिन्छ ती मान्छेसँग हाँसेर रिचार्ज हुन पनि सकिन्छ ।

सधैं हँसिलो भइराख्नका लागि पनि हामी अभ्यास गर्न सक्छौं । मुस्कान हाँसोको सुरुवाती बिन्दु हो । यो हाँसोको संक्रमण हो । जब कसैलाई हेरिन्छ तब मन्द मुस्कान दिने अभ्यास गरौं । मोबाइलमा हेरेर टाउको घोट्याएर बस्नुको सटा सडक वा वरपर रहेका मानिसलाई हेरेर मुस्कुराऔं र अरूमा पर्ने प्रभावलाई ध्यान दिएर हेरौं । जीवनका सकारात्मक पक्ष विचार गर्ने साधारण कार्यले मानिसलाई नकारात्मक विचारबाट टाढा राख्न मद्दत गर्छ ।

हामीले हाँसोलाई जोक्समा मात्र खोजेर हुँदैन । प्रथमतः आफूभित्रको बाल्यपनलाई पत्ता लगानुपर्छ । बालबालिकालाई ध्यान दिने र उनीहरूको नक्कल गर्ने प्रयास गर्नुपर्छ । त्यसैगरी, हामीले हाँस्ने र हाँस्न मन पराउने मानिसहरूको खोजी गर्नुपर्छ र समूह बनाउनुपर्छ । त्यसो गर्नाले हाम्रो जीवनमा नयाँ बहार ल्याइदिन्छ । सायद त्यसैको परिणाम हुन सक्छ अधिकांश मानिसले हाँस्य कलाकारलाई मन पराउँछन् । टेलिभिजनका कार्यक्रम मध्य प्रायः हाँस्य टेलिशृंखला मन पराइन्छ । किनकि मान्छे हाँस्न चाहन्छ । तर, अलिकति आफ्नाे सोचमा परिवर्तन गर्न सक्यौं भने हामीले हाँस्नका लागि टेलिभिजनका च्यानलमा दौडिरहनुपर्दैन । साधारण विषय–वस्तुमा समेत हाँस्न सकिन्छ । बालबालिका झैं हामीले पनि जीवनलाई हल्का रूपमा लिएर हाँस्ने अवस्था सिर्जना गर्न सक्छौं । हामी घर, कार्यालय वा बढी समय बिताउने स्थानमा हाँस्यास्पद पोस्टर राख्न सक्छौं । कम्प्युटरका स्क्रिन सेभर यस्तो छनोट गरौं, जसले हामीलाई एकपटक हाँस्न बाध्य बनाओस् । परिवार र साथीसँगको रमाइलो फोटो राख्न सकिन्छ । हामीले राम्रो परिस्थितिमा मात्र होइन, चुनौतीपूर्ण परिस्थितिमा पनि हाँस्न सक्नुपर्छ । नकारात्मक परिस्थितिलाई हाँस्यपूर्ण किस्सा बनाउने प्रयास गर्न सकियो भने धेरै तनावबाट हामी मुक्त हुन सक्छौं । हाम्रो आफ्नै दैनिक जीवनका क्रियाकलापमा सामाजिक कर्तव्यलाई पनि हाँस्य विषयवस्तु बनाउन सक्छौं ।


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

काम घरबाट कि कार्यालयबाट ?

अघिल्लो बर्षदेखि हामीमध्ये धेरैले घरबाटै काम गर्नुलाई सहजरुपमा लिन थालेका छौं । लचिलोपन, ध्यान केन्द्रीत गर्ने क्षमता र आवागमनको समस्याबाट मुक्त हुने भएकाले पनि मानिसले घरबाट नै कार्यालयको काम गर्नुलाई सहज रुपमा लिदै, अपनाउँदै आएका छन् । कतिपय अवस्थामा घरबाट नै काम गर्नुपर्ने बाध्यता पनि बन्ने गर्दछ । कोभिड १९को महामारीका कारण संक्रमण बढ्दै जाँदा लकडाउन हुने र कार्यालय जान सक्ने अवस्था नबन्ने भए पछि घरबाट काम गर्ने सस्कृतिको विकास भयो । आज विश्वभरी नै घरबाट काम गर्ने विषयले प्राथमिकता पाउँदै आएको छ ।  सबैले घरबाट काम गर्नुलाई नै सहज रुपमा लिन सक्दैनन् । कतिपयले कार्यालय जाँदाको अनुभवलाई मिठो रुपमा व्याख्या गर्दछन् । तथापी हामीसँग यतिबेला चाँही घरबाट काम गर्ने कि कार्यालयबाट भन्ने छनोट गर्न मिल्ने अवस्था पनि सिर्जना हुन थालेको छ । कार्यालय फेरी खुल्न थालेपछि तपाईले कार्यालय जाँदाको आनन्दलाई पनि अनुभव गर्न थाल्नु भएको हुन सक्छ  । त्यहाँ हुने सामाजिक अन्तक्रिर्या, सहयोग आदान प्रदान, खुसी र चिया कफीलाई सम्झनुहुन्छ होला ।  तर, कार्यालय नगई कार्य गर्न सकिने अवस्थामा धेरै कम्पनी...

उद्यमी बन्न उमेरले छेक्दैन

  मार्क जुकरबर्गले फेसबुक शुरु गर्दा मात्र १९ बर्षका थिए । तर आईबीएका संस्थापक चाल्र्स फ्लिन्ट ६१ बर्षको उमेरमा व्यवसाय शुरु गरेका थिए । हलिउडका लागि कलेजको युवाले अरब डलरको व्यवसाय छात्राबासको कोठाबाट शुर गरेको कथा विशेष हुन सक्छ तर त्यो मात्र उद्यमीको कहानी होइन । हामीले धेरै सुन्ने गरेका छौं । उमेर गयो अब के व्यवसाय गर्नु ? वनचेनडटइटका संस्थापक काँमेक हेडनले उमेरले मानिसलाई उद्यमी बन्न नछेक्ने विषयमा धेरै व्यक्तिले ४० कटेपछि शुरु गरेको सफल व्यवसायको विषयमा चर्चा गरेका छन् ।  धेरै मानिसले धेरै पछि मात्र उद्यमीका रुपमा जीवन शुरुआत गरेको हुन्छन् । त्यसैले युवा अवस्थामा उद्यमी नहुँदैमा मानिस सफल हुँदैन भन्ने छैन । युवामा कुनै पनि व्यवसाय शुरु गर्नु उत्तम हो तर अनुभव हासिल गर्दै गएपछि पनि उद्यमी हुनु राम्रो हो । विवाहको पोसाक डिजाइन गर्ने महान व्यक्तित्व भेरा वैंगले ३९ बर्षको उमेरसम्म पनि डिजाइन शुर गरेकी थिइनन् । घर सजाओटकी देवी तथा व्यापारी सीजर मार्था स्टीवर्टले ३५ बर्षको उमेरसम्म घर सजाओटको व्यवसायमा हात हालेकी थिइनन् । स्यानफ्रासिस्को स्थित एन्जल लगानी तथा संस्थापक विजनेस इ...