सीधे मुख्य सामग्री पर जाएं

हाँस्दा हुने ७ आश्चर्यजनक फाइदा

  हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ ।  १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ ।  ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...

हाँसो : औषधी !




  हाँसो हामीभित्र नै उत्पादन गर्न सकिने औषधी हो । घरबाहिर नगएर नै १५ देखि ३० मिनेट हाँस्य योग गरेर आफ्नो प्रतिरक्षा बढाउन सक्ने विज्ञको दाबी कयौं अनुसन्धानले पुष्टि गरिसकेको छ । हाँसो सर्वाधिक उत्तम औषधी हो भन्ने कुरालाई धेरैले स्वीकार्दै छन् । तर, निकै कमले मात्र यो औषधीको भरपुर सदुपयोग गरेको पाइन्छ ।

गाउँघरमा भन्दा पनि सहर बजारका मानिसमा हाँसो हराएको छ । त्यसले पनि हाँसोलाई हामीले आफूभित्र नै खोजी गर्नुपर्ने अवस्था छ । यो व्यस्त र सक्रिय सहरी जीवनशैलीमा मानिसले हाँस्न बिर्सेको प्रतीत हुन्छ । कडा औषधीका रूपमा रहेको हाँसो फेरि हामीमा, परिवारमा, समुदायमा र सहरमा बुलन्द पार्नुपर्ने भएको छ । बालबालिका दिनमा औसत ३ सयपटक हाँस्छन् । तर, वयस्क जम्मा १७ पटक मात्र हाँस्ने गरेको अनसुन्धानले देखाएको छ । हाँसोले फोक्सोलाई खोल्छ र श्वास प्रणालीका लागि निकै राम्रो मानिन्छ । हाँस्य योगले फोक्सोको क्षमता वृद्धि गराउन सहयोग गर्ने डा. सोनु गोयले बताएका छन् ।

मानिसको दिमाग र शरीरलाई सन्तुलनमा ल्याउनका लागि हाँसो उपयुक्त हुने विभिन्न अध्ययनले देखाएका छन् । तर, हाँसो अरू औषधी जस्तो क्याप्सुलमा बेचिँदैन । यो त हामीले नै सिर्जना गर्नुपर्छ ।

कोभिड महामारी कालमा फोक्सोको क्षमता वृद्धि गर्नु जरुरी छ । त्यसैले कोभिड–१९ विरुद्धको लडाइँ हामीले हाँसेर जित्न सक्छौं । अरू सुरक्षा कवज अपनाउँदै हाँस्य योगलाई हामीले जीवन पद्धति बनाउन सक्यौं भने शारीरिक, मानसिक र भावनात्मक परिवर्तनका लागि उत्तम औषधी बन्न सक्छ ।

यतिबेला फेरि हामी सेल्फ आइसोलेसन, सामाजिक दूरी कायम गर्ने वा घरबाट काम गर्ने अभ्यास सुरु गर्न थालेका छौं । त्यसैले घरभित्र हुँदा, एक्लै बस्दा मानिसले हाँस्न बिर्सिन्छ । त्यसले गर्दा नै मानिस प्रायः मानसिक, शारीरिक रूपमा रोगी हुन पुग्छन् । त्यसैले हामीले बाल्यकालमा झंै हाँस्न सिक्नुपर्ने भएको छ ।

यति कुरा थाहा पाउन डाक्टरको सल्लाह पनि चाहिँदैन तर हामी हाँस्न सकिरहेका छैनौं । मानिसको दिमाग र शरीरलाई सन्तुलनमा ल्याउनका लागि हाँसो उपयुक्त हुने विभिन्न अध्ययनले देखाएका छन् । तर, हाँसो अरू औषधी जस्तो क्याप्सुलमा बेचिँदैन । यो त हामीले नै सिर्जना गर्नुपर्छ । अनावश्यक बोझ बोकेर दिमाग ह्याङ बनाएर मानिस दुःखी भइरहेको छ । बोझ हल्का गर्न केही मिनेट हाँसौं त अनि हामीलाई थाहा हुन्छ, हाँसोको शक्ति ।

आज/भोलि हामी कम्प्युटरको नेटवर्क बलियो बनाउँछांै । तर, मानिस–मानिस बीचको सम्बन्धलाई भुल्न थालेका छौं । यथार्थ धरालतमा उभिन कुनै विषयमा केन्द्रित हुन र सचेत रहन हाँसो सहयोगी सिद्ध हुन्छ र हाँसोले सहरमा मानिसबीच टुटेको सम्बन्ध जोड्ने काम गर्छ ।

पटकपटक हाँस्न सक्दा धेरै रोग भाग्छ । मानिसको शरीरमा क्षय भएको ऊर्जालाई नवीकरण गर्ने शक्ति प्राप्त हुन्छ । समस्यासँग लड्ने शक्ति वृद्धि हुन्छ । यस्तो औषधीलाई हामी खर्च नगरी उपयोग गर्न पाइन्छ भने किन पछाडि हट्ने ? अब हामीले बाल्यकालको जस्तो हाँस्नुपर्छ । नाच्नुपर्छ, गाउनुपर्छ र खेल्नुपर्छ । त्यसैले जीवनलाई गम्भीर बनाउनेभन्दा पनि हाँस्नका लागि अवसर खोज्नेतिर लाग्नुपर्छ ।

हाँसोले सम्पूर्ण शरीरलाई आराम मिल्छ । राम्रोसँग हाँसिएको छ भने माशंपेशीलाई ४५ मिनेटसम्म आराम प्राप्त हुने वैज्ञानिकले पुष्टि गरेका छन् । हाँसोले तनाव गर्ने हार्माेन घटाउँछ र प्रतिरक्षा कोष र संक्रमणसँग लड्ने एन्टिबडी बढाउँछ । त्यसले मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा सुधार ल्याउँछ । हाँसोले एन्डोरफिन रिलिज गर्छ । त्यसले हाम्रो मन नै प्रफुल्लित हुन्छ । मानिस आनन्दको खोजीमा दौडिरहेको हुन्छ तर कस्तुरीले झंै आपूmभित्र नै उत्पन्न हुने हाँसोलाई भने मारिरहेको हुन्छ । एन्डोरफिनले समग्र कल्याणको भावनालाई बढवा दिन्छ र अस्थायी रूपमा दुःखाई कम गर्छ । हाँसोले त शान्तिसमेत स्थापना गर्न मद्दत गर्छ ।

हाँसोले मुटुको रक्षा गर्छ । हृदयघात जस्ता समस्याबाट बचाउँछ । हाँसोले क्यालोरीसमेत बर्न गर्छ । दिनमा १० देखि १५ मिनेट हाँस्दा लगभग ४० क्यालोरी जल्न मद्दत हुन्छ । हाँस्यास्पद पक्षलाई हेरेर समस्या कटुता वा असन्तोष नगरी चुनौतीको सामना गर्न सक्षम बनाउँछ । हाँसोले मानिसलाई अर्थ र आशको नयाँ स्रोत फेला पार्न साहस र बल दिन्छ । यस्तो महत्वपूर्ण हाँसोका लागि जोक्स, हाँस्य प्रहसनको आवश्यकता पर्ला भन्ने हुन सक्छ । वास्तवमा प्रायःजसो हाँसो चुट्किला सुनेर आउँदैन । त्यसैले केवल साथी र परिवारसँग समय बिताउँदा आउने हाँसो, यो सबैभन्दा उत्कृष्ट हो र समाजिक पक्ष पनि । आफ्नो फोन स्विच अफ गरेर जसलाई समय दिन सकिन्छ ती मान्छेसँग हाँसेर रिचार्ज हुन पनि सकिन्छ ।

सधैं हँसिलो भइराख्नका लागि पनि हामी अभ्यास गर्न सक्छौं । मुस्कान हाँसोको सुरुवाती बिन्दु हो । यो हाँसोको संक्रमण हो । जब कसैलाई हेरिन्छ तब मन्द मुस्कान दिने अभ्यास गरौं । मोबाइलमा हेरेर टाउको घोट्याएर बस्नुको सटा सडक वा वरपर रहेका मानिसलाई हेरेर मुस्कुराऔं र अरूमा पर्ने प्रभावलाई ध्यान दिएर हेरौं । जीवनका सकारात्मक पक्ष विचार गर्ने साधारण कार्यले मानिसलाई नकारात्मक विचारबाट टाढा राख्न मद्दत गर्छ ।

हामीले हाँसोलाई जोक्समा मात्र खोजेर हुँदैन । प्रथमतः आफूभित्रको बाल्यपनलाई पत्ता लगानुपर्छ । बालबालिकालाई ध्यान दिने र उनीहरूको नक्कल गर्ने प्रयास गर्नुपर्छ । त्यसैगरी, हामीले हाँस्ने र हाँस्न मन पराउने मानिसहरूको खोजी गर्नुपर्छ र समूह बनाउनुपर्छ । त्यसो गर्नाले हाम्रो जीवनमा नयाँ बहार ल्याइदिन्छ । सायद त्यसैको परिणाम हुन सक्छ अधिकांश मानिसले हाँस्य कलाकारलाई मन पराउँछन् । टेलिभिजनका कार्यक्रम मध्य प्रायः हाँस्य टेलिशृंखला मन पराइन्छ । किनकि मान्छे हाँस्न चाहन्छ । तर, अलिकति आफ्नाे सोचमा परिवर्तन गर्न सक्यौं भने हामीले हाँस्नका लागि टेलिभिजनका च्यानलमा दौडिरहनुपर्दैन । साधारण विषय–वस्तुमा समेत हाँस्न सकिन्छ । बालबालिका झैं हामीले पनि जीवनलाई हल्का रूपमा लिएर हाँस्ने अवस्था सिर्जना गर्न सक्छौं । हामी घर, कार्यालय वा बढी समय बिताउने स्थानमा हाँस्यास्पद पोस्टर राख्न सक्छौं । कम्प्युटरका स्क्रिन सेभर यस्तो छनोट गरौं, जसले हामीलाई एकपटक हाँस्न बाध्य बनाओस् । परिवार र साथीसँगको रमाइलो फोटो राख्न सकिन्छ । हामीले राम्रो परिस्थितिमा मात्र होइन, चुनौतीपूर्ण परिस्थितिमा पनि हाँस्न सक्नुपर्छ । नकारात्मक परिस्थितिलाई हाँस्यपूर्ण किस्सा बनाउने प्रयास गर्न सकियो भने धेरै तनावबाट हामी मुक्त हुन सक्छौं । हाम्रो आफ्नै दैनिक जीवनका क्रियाकलापमा सामाजिक कर्तव्यलाई पनि हाँस्य विषयवस्तु बनाउन सक्छौं ।


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

Olivedale -1

  The fun of walking in an unknown place in the dark   is Unique. Probably, because of the journey with Guru Premangee,  I was feeling like a happy and satisfied person. We climbed the hill and knocked on the door of the wooden building. A tall man opened the door. Fair-skinned as like a European with a bushy beard and hair, He was in a yellow jacket and red trousers. Touching the fire, we entered. There was a tradition that a person should touch the fire when entering house. Guru: 'He is Viraj ji' A wonderful Guy. In a few moments, we became like friends who already knew each other. Biraj raised the issue of Organic. A white woman and a beautiful baby boy entered . Biraj introduced us to them. She was the wife of Biraj and the smart boy was his son, Shiva. Very funny and responsive. Liked to play with people. Seeing the smiling face of his child, the rained of happiness was evident on Biraj's face. The joy of children is the happiness of life. I felt, the coupl...

नेतृत्वका लागि चमत्कारी बुटी

  👌 Ram Sudan Timalsina  जितको, उत्सवको, विजयीको माइन्ड सेट बनाएर हिड्न जरुरी छ । त्यसका लागि हामीले अभ्यास गर्नुपर्छ । हामीले जीवन पद्धतिमा परिवर्तन गर्नुपर्छ अनी हाम्रो नेतृत्व कौशलतामा परिवर्तन आउने छ । नेतृत्वले भविश्वका लागि प्रेरणादायी लक्ष्य निर्धारण गर्दछ । जसको पछाडी त्यो अभियान दौडिन्छ । के तपाई हामी यस्तो लिडर बन्न सकेको छौं । के हामीले यस्तो नेतृत्व पाएका छौं । सोचौं त ? कुनै पनि व्यवसाय वा राजनीतिक उद्देश्य प्राप्तिका लागि मानिसलाई जोडिन उत्साहित बनाउने सफल हुन्छ  । लक्ष्य हासिलका लागि टिम चाहिन्छ । त्यो टिम भिजनमा स्पष्ट हुनुपर्छ र लिडरले उनीहरुमा यस्तो ऊर्जा भर्छ जसका कारण उनीहरु महत्वपूर्ण योगदान गर्न प्रेरित हुन्छन् । करले होइन मनदेखि नै उनीहरु त्यो लक्ष्य हासिल गरेपछिको भश्वियका लागि उत्साहित भएर त्यो दिन देखेर वर्तमानमा सक्रिय हुन्छन् । के तपाई पनि यस्तै टिम तयार गर्न चाहानु हुन्न ? अवश्य पनि । यसका लागि तपाई तयार हुनुपर्छ । तपाई तयार हुनुभयो भने यो ब्रम्हाण्डले तपाईले चाहेको सबै स्रोत साधान जुटाइदिने छ ।  के तपाईलाई यो कुरामा विश्वास छैन ? तपाईको...

हाँस्दा हुने ७ आश्चर्यजनक फाइदा

  हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ ।  १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ ।  ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...