सीधे मुख्य सामग्री पर जाएं

हाँस्दा हुने ७ आश्चर्यजनक फाइदा

  हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ ।  १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ ।  ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...

नेतृत्वका लागि चमत्कारी बुटी

 

👌

Ram Sudan Timalsina 

जितको, उत्सवको, विजयीको माइन्ड सेट बनाएर हिड्न जरुरी छ । त्यसका लागि हामीले अभ्यास गर्नुपर्छ । हामीले जीवन पद्धतिमा परिवर्तन गर्नुपर्छ अनी हाम्रो नेतृत्व कौशलतामा परिवर्तन आउने छ ।

नेतृत्वले भविश्वका लागि प्रेरणादायी लक्ष्य निर्धारण गर्दछ । जसको पछाडी त्यो अभियान दौडिन्छ । के तपाई हामी यस्तो लिडर बन्न सकेको छौं । के हामीले यस्तो नेतृत्व पाएका छौं । सोचौं त ? कुनै पनि व्यवसाय वा राजनीतिक उद्देश्य प्राप्तिका लागि मानिसलाई जोडिन उत्साहित बनाउने सफल हुन्छ  । लक्ष्य हासिलका लागि टिम चाहिन्छ । त्यो टिम भिजनमा स्पष्ट हुनुपर्छ र लिडरले उनीहरुमा यस्तो ऊर्जा भर्छ जसका कारण उनीहरु महत्वपूर्ण योगदान गर्न प्रेरित हुन्छन् । करले होइन मनदेखि नै उनीहरु त्यो लक्ष्य हासिल गरेपछिको भश्वियका लागि उत्साहित भएर त्यो दिन देखेर वर्तमानमा सक्रिय हुन्छन् । के तपाई पनि यस्तै टिम तयार गर्न चाहानु हुन्न ? अवश्य पनि । यसका लागि तपाई तयार हुनुपर्छ । तपाई तयार हुनुभयो भने यो ब्रम्हाण्डले तपाईले चाहेको सबै स्रोत साधान जुटाइदिने छ । 

के तपाईलाई यो कुरामा विश्वास छैन ? तपाईको मुल्य मान्यता के हो ? त्यसले तपाई÷हाम्रो जितको निर्धारण गर्ने छ । यो भाग्यको खेल होइन । तपाई हाम्रो विश्वास र मुल्य मान्यताबाट जन्मिएको विचार हो । जसलाई हामीले बोकेर हिडेका छौं । त्यसैले जितको, उत्सवको, विजयीको माइन्ड सेट बनाएर हिड्न जरुरी छ । त्यसका लागि हामीले अभ्यास गर्नुपर्छ । हामीले जीवन पद्धतिमा परिवर्तन गर्नुपर्छ अनी हाम्रो नेतृत्व कौशलतामा परिवर्तन आउने छ । 


स्पष्ट संचार

नेतृत्व र व्यवस्थापन परिपुरक हुन् । त्यसैले यसलाई अलग राखेर हामीले हाम्रो लक्ष्य हासिल गर्न सक्दैनौं । नेतृत्वले सपना देख्छ, एउटा लक्ष्य निर्धारण गर्दछ र त्यो सपना साकार पार्नका लागि व्यवस्थापनले योजना बनाएर कार्य गर्दछ । त्यसैले नेतृत्व र व्यवस्थापनबिच संचार सहि हुन सकेन भने उद्देश्य प्राप्तिमा पनि बाधा आउन सक्छ । कुनै पनि संघ÷संस्थाका लागि संचार महत्वपूर्ण विषय हो । 

चाहे तपाई आफ्नै जीवनको किन नहोस् नेतृत्व  गन्तव्य वा लक्ष्य निर्माणबाट शुरु हुन्छ र यसले गन्तव्यको परिकल्पना गर्दछ । त्यसको परिणामलाई देखेर वर्तमानमा पटक÷पटक उत्साहित भइरहेको हुन्छ । खुसीयाली मनाइरहेको हुन्छ । अहिलेसम्म नभएको कुरालाई उसले सिर्जना गरिहेको हुन्छ । हेर्नुस त कस्तो सुन्दर छ । साँचै नेतृत्वका लागि हामी तयार छौं त ? अवश्य पनि, हामी सबै मानिसमा नेतृत्व गर्ने क्षमता छ । कतिले त्यसलाई उजागर गरेर सफल भएका छन् । कतिले उजागर गर्दैछन् । 


नेतृत्वलाई यो थाहा हुन्छ तपाई कहाँ गइरहनु भएको छ । 


मजबुद टिम तयार गर्नुस्

दुरदृष्टि प्राप्त गर्न सहयोग गर्ने वातावरण र संस्कृतिको सिर्जना गर्दै त्यसलाई कायम राख्न सकेको खण्डमा हामीले जादुमय परिवर्तन पाउने छौं । तपाई व्यवसाय गर्न चाहानुहुन्छ भने तपाई मजबुद टिम र संघ÷संस्था वा कम्पनी तयार गर्नुस् । तपाईको संस्कृतिमा नमिल्ने मान्छेलाइ हटाउन पनि सक्नुपर्ने हुन्छ । 


रणनीति तयार गर्नुस्

दुरदृष्टि प्राप्तीका लागि अनगिन्ती सहयोगी चरणहरु, योजना र रणनीति तयार गर्नुस् । दृरदृष्टि प्राप्तिका लागि तपाईले सही मान्छे चयन पनि गर्नुपर्छ । जनशक्तिमात्र भएर पनि पुग्दैन त्यसलाई संचालन गर्ने उपकरण, मार्गदर्शन पनि त त्यतिकै आवश्यक रहन्छ । नेतृत्व निर्णय र कार्यन्वयनमा जति प्रतिबद्ध हुन्छ त्यति नै विश्वासको वातावरण बन्दछ । जनशक्तिलाई उत्साहित बनाउन सकिन्छ । नेतृत्वले टिमवर्कलाई बल दिनुपर्छ । आफू समूहलाई समय समयमा ऊर्जा थपिरहनुपर्छ । सामुहिक परिणाम प्राप्त गर्न ध्यान केन्द्रत गर्नुपर्छ । 


अधिकार र जिम्मेवारी फरक हो 

अधिकार र जिम्मेवारी सुन्दा उस्तै लाग्छ तर यो नितान्त फरक छ । यसमा दुविधा हुन सक्छ । धेरै मानिसको विश्वास र मान्यता के छ भने नेतृत्वका लागि अधिकार चाहिन्छ । त्यसैले त हाम्रो राजनीतिक नेतृत्व कुर्सीका लागि लड्छन् । संघ÷संस्था÷संगठनमा पनि नेतृत्व गर्न अधिकार चाहिन्छ भनेर ठूलै पापड पेलिन्छ । नेतृत्वका लागि चुनाव ताका ठूलै आकर्षण हुन्छ । नेतृत्व हातमा आइसकेपछि महिनौसम्म बैठक समेत बस्दैन । अनि अधिकारले नेतृत्व हुने रैछ तर जिम्मेवारीविहिन भएर नेतृत्व सफल हुँदैन ।

नेतृत्व जोखिम पुर्ण हो । जितको यात्रामा निस्कदा धेरै पटक लडिन्छ त्यो सिकाई हो तर त्यसलाई कमजोरी मानेर आफैलाई गलत देखाउने कार्य भयो भने नेतृत्वको दृरदृष्टिमा विश्वास छैन भन्ने बुझ्न पर्छ । उसको भित्र अर्कै छ बाहिर अर्कै भिजन लिएर हिडेको छ भन्ने स्पष्ट हुन्छ । 

गतिविधिहरुकै कारण परिणाम निस्कन्छ । आफूले, आफ्नो व्यवसाय, संघ÷संस्थाले हासिल गर्ने लक्ष्यको विषयमा स्पष्ट हुनुपर्छ । यसको चित्र सबैको दिमागमा चित्रित गर्न सक्नुपर्छ । कुनै गतिविधि नगर्ने हो भने परिणाम निस्कदैन र परिणाम विना संस्था जिवित रहन सक्दैन । त्यसैले दैनिक गतिविधिले हाम्रो परिणाम निस्कन्छ र त्यसले मानिस वा संस्थाको जीवन चक्र निर्माण हुन्छ । 

समय सिमिति छ । यसलाई सानदार रुपमा प्रयोग गर्न सकिन्छ । यहाँ बुझ्नुपर्नै कुरा के हो भने परिणामुखी कार्यका लागि उत्पादनशिल समयलाई बुझ्न जरुरी छ । नयाँ कार्यहरुलाई सुचीमा राख्ने, त्यसलाई छिटो निर्णय गर्ने र अनावश्यक परेमा हटाउन सक्ने लचकताको आवश्यकता रहन्छ । नेतृत्वमा नभइ नहुने गुण हो लचिलोपना । 

समय निर्धारण गर्नै पर्छ । लक्ष्य स्मार्ट हुन्छ । हामीले धेरैजसो गलत शब्द प्रयोग गर्दछौं । ‘समयमा सक्ने प्रयास गर्नेछु,’ यो वाक्यलाई हेर्नुस् त । अवचेतन मनले यो समयमै सक्नुपर्दैन भन्ने बुझ्न थाल्छ । जसका कारण साँचै त्यो काम प्रयासमै सिमित हुन पनि सक्छ । त्यसैले अवचेतन मन बालक हो । त्यसलाई भ्रमित पार्ने वाक्य नबोल्नुस् । म समयमा काम सक्छु भन्ने जस्ता सहि अर्थ लाग्ने वाक्य प्रयोग गर्ने र प्रयोग गर्न प्रोत्साहन गर्नुपर्छ । 

अब गर्नुपर्ने मुल्यवान कार्य के हो ? त्यसमा ध्यान केन्द्रीत गर्नुपर्ने हुन्छ । धेरै हामी भुतकालमा रुमल्न्छिौं । हिजोका कुरालाई सम्झने, केलाउने, त्यसैमा विवाद सिर्जना गर्ने र वर्तमान समयलाई पनि हिजोकै जस्तो बनाउने तरखर गर्दछौं । त्यो भुल अब चाँही हुदैन । प्रत्येक दिन नयाँ ऊर्जा लिएर आएको छ । अगाडी बढ्नका लागि उत्साहित हुने र बनाउने शैली नेतृत्वका लागि आवश्यक छ । 

बैंक तथा वित्तीय संस्थाले प्रत्येक दिन डे इन्ड गर्नुपर्दछ । होइन त ? अवश्य पनि । यसैगरी हामीले पनि हाम्रो सबै कार्य दिनको अन्तिममा सक्छौं । खुला लुप बन्द गर्दछौं र भोली गर्नुपर्ने कुराहरु टिपोट गर्दछौं । सामान्य छ । यहि सामान्य कुरामा सफलताको मन्त्र लुकेको छ । नेपालको प्रतिष्ठत औद्योगिक घरानामध्येका गोल्यान समूहका सोहनलाल गोइलानले छोरा पवनलाई १४ बर्षको उमेर व्यवसाय सिकाउँदाको प्रसंग रोचक छ । सोहनलालले १४ बर्षको छोरालाई पहिलो दिन दुइवटा बहिखाता दिए । एउटा खाली थियो । त्यसमा अर्काे पुरा कारोबार भएको खातालाई ध्यान दिएर सार्नुपर्ने थियो । त्यो सारि सक्दा उनले नयाँ खातामा नयाँ हिसाब किताब राख्न सिके । 

नेतृत्वले नियमित रुपमा समिक्षा गर्दछ । नेतृत्वले भन्न सक्नुपर्छ । अब दृरदृष्टि प्राप्तिमा कति इटा थपियो । हाम्रो कार्यमा कस्तो परिवर्तन भयो । अझै केहि परिवर्तन गरेर उत्कृष्ट गर्न सकिन्छ कि ? समिक्षा गरेपछि यो पनि पत्ता लाग्छ । यसरी दैनिक समिक्षा गरेपछि पछि गएर पछुताउनुपर्ने अवस्था आउला र ? धेरै संस्थाले यो विषयलाई आँखा चिम्लिएका हुन्छन् । यो सचेत हुनुपर्ने क्षेत्र हो । नियमित समिक्षा अझ प्रत्येक दिन समिक्षा । किनकि  सुचनाको यो समय निकै दु्रत गतिमा दौडिएको छ । त्यो गति समात्नका लागि पनि त्यो भन्दा बढी गतिमा दौडिनुपर्दछ । 

इमान्दार र सहि समिक्षाले नै सुधार सम्भव हुन्छ । यदि तपाई सामाजिक कार्यकर्ता हुनुहुन्छ । तपाई टोललाई हरियारी र फोहरविहिन सडक बनाउन चाहानुहुन्छ भने सडकमा देखिएको एउटा टुक्रा फोहर अहिले नै उठाउनु भएन भने एक बर्षपछि त्यहि सानो प्लास्टिक खसेको एउटा कुना फोहर थुपार्ने स्थायी स्थान बनिरहेको देख्नु हुने छैन । आजको सामान्य प्रगति भविश्वको उच्च सफलताको अंश हो । 

समिक्षा गर्दा हामीले के मापन गर्ने ? कसरी गर्ने ? भन्ने विषयको ज्ञान हुन आवश्यक छ । विधि प्रक्रियाविना समिक्षा हुन्छ भने त्यो बालुवामा पानी हालेको जस्तै हो । त्यसले नतिजामा कुनै असर पार्ने छैन । त्यसैले सस्था÷संघ÷संगठनको विषयमा त अझ प्रत्येक कार्य वा मापनका लागि जिम्मेवार व्यक्ति को हो त ? यो स्पष्ट हुनुपर्छ । 

दैनिक, साप्ताहिक, मासिक, चौमासिक र बार्षिक समिक्षा गर्ने प्रणाली छ भने संगठनको दुरदृष्टि, लक्ष्य हासिल गर्नका लागि इन्द्रका बाहु चन्द आए पनि सक्दैनन् । नगद, विक्रि नाफाजस्ता परिणामयोग्य विषयमा चाख राख्नुपर्छ । त्यस्ता विधि र प्रणाली छन् । हामीले कति लागु गरेका छौं । कति हेरेका छौं भन्ने मात्र विषय हो । जहाँ इच्छा त्यहाँ उपाय । चाहेको खण्डमा तत्काल ती उपाय सुल्झिहाल्छ ।

के तपाई सामाजिक, राजनीतिक वा व्यवसायीक नेतृत्व जीवनबाट असिमित उपलब्धी वा चाहे अनुसारको लक्ष्य हासिल गर्न चाहान्नु हुन्न ? अवश्य पनि चाहानुहुन्छ । त्यसैले त तपाई यो पढिरहनु भएको छ । साँचै विश्वका उत्कृष्ट खोजबाट निस्केका, हाम्रो महत्वपूर्ण ग्रन्थ र विश्वमा कार्यन्वयन गरेर प्रमाणित भएका वैज्ञानिक चमत्कारी उपायहरुको हामी खोजविन र चर्चा गरिरहने छौं ।  विज्ञानभन्दा पर धेरै छ र पनि विज्ञानलाई किन हामी विश्वास गछौं भने  विज्ञानले फर्मुला तयार गर्दछ अनि त्यसलाई जस्ले जुन भुगोलमा प्रयोग गरे पनि परिणाम एउटै दिन्छ । साहस, खुल्लापन र महत्वकाक्षाले मात्र पुग्दैन त्यसका लागि केहि थप चाहिन्छ । जसले हामी व्यक्तिगत, सामाजिक र व्यवसायीक लक्ष्य हासिल गर्न सक्छौं । अब्बल नेतृत्व गर्न सक्छौं । मनदेखि नेतृत्व गर्न सक्छौं । 


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

काम घरबाट कि कार्यालयबाट ?

अघिल्लो बर्षदेखि हामीमध्ये धेरैले घरबाटै काम गर्नुलाई सहजरुपमा लिन थालेका छौं । लचिलोपन, ध्यान केन्द्रीत गर्ने क्षमता र आवागमनको समस्याबाट मुक्त हुने भएकाले पनि मानिसले घरबाट नै कार्यालयको काम गर्नुलाई सहज रुपमा लिदै, अपनाउँदै आएका छन् । कतिपय अवस्थामा घरबाट नै काम गर्नुपर्ने बाध्यता पनि बन्ने गर्दछ । कोभिड १९को महामारीका कारण संक्रमण बढ्दै जाँदा लकडाउन हुने र कार्यालय जान सक्ने अवस्था नबन्ने भए पछि घरबाट काम गर्ने सस्कृतिको विकास भयो । आज विश्वभरी नै घरबाट काम गर्ने विषयले प्राथमिकता पाउँदै आएको छ ।  सबैले घरबाट काम गर्नुलाई नै सहज रुपमा लिन सक्दैनन् । कतिपयले कार्यालय जाँदाको अनुभवलाई मिठो रुपमा व्याख्या गर्दछन् । तथापी हामीसँग यतिबेला चाँही घरबाट काम गर्ने कि कार्यालयबाट भन्ने छनोट गर्न मिल्ने अवस्था पनि सिर्जना हुन थालेको छ । कार्यालय फेरी खुल्न थालेपछि तपाईले कार्यालय जाँदाको आनन्दलाई पनि अनुभव गर्न थाल्नु भएको हुन सक्छ  । त्यहाँ हुने सामाजिक अन्तक्रिर्या, सहयोग आदान प्रदान, खुसी र चिया कफीलाई सम्झनुहुन्छ होला ।  तर, कार्यालय नगई कार्य गर्न सकिने अवस्थामा धेरै कम्पनी...

Olivedale -1

  The fun of walking in an unknown place in the dark   is Unique. Probably, because of the journey with Guru Premangee,  I was feeling like a happy and satisfied person. We climbed the hill and knocked on the door of the wooden building. A tall man opened the door. Fair-skinned as like a European with a bushy beard and hair, He was in a yellow jacket and red trousers. Touching the fire, we entered. There was a tradition that a person should touch the fire when entering house. Guru: 'He is Viraj ji' A wonderful Guy. In a few moments, we became like friends who already knew each other. Biraj raised the issue of Organic. A white woman and a beautiful baby boy entered . Biraj introduced us to them. She was the wife of Biraj and the smart boy was his son, Shiva. Very funny and responsive. Liked to play with people. Seeing the smiling face of his child, the rained of happiness was evident on Biraj's face. The joy of children is the happiness of life. I felt, the coupl...