हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ । १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ । ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...
👌 Ram Sudan Timalsina जितको, उत्सवको, विजयीको माइन्ड सेट बनाएर हिड्न जरुरी छ । त्यसका लागि हामीले अभ्यास गर्नुपर्छ । हामीले जीवन पद्धतिमा परिवर्तन गर्नुपर्छ अनी हाम्रो नेतृत्व कौशलतामा परिवर्तन आउने छ । नेतृत्वले भविश्वका लागि प्रेरणादायी लक्ष्य निर्धारण गर्दछ । जसको पछाडी त्यो अभियान दौडिन्छ । के तपाई हामी यस्तो लिडर बन्न सकेको छौं । के हामीले यस्तो नेतृत्व पाएका छौं । सोचौं त ? कुनै पनि व्यवसाय वा राजनीतिक उद्देश्य प्राप्तिका लागि मानिसलाई जोडिन उत्साहित बनाउने सफल हुन्छ । लक्ष्य हासिलका लागि टिम चाहिन्छ । त्यो टिम भिजनमा स्पष्ट हुनुपर्छ र लिडरले उनीहरुमा यस्तो ऊर्जा भर्छ जसका कारण उनीहरु महत्वपूर्ण योगदान गर्न प्रेरित हुन्छन् । करले होइन मनदेखि नै उनीहरु त्यो लक्ष्य हासिल गरेपछिको भश्वियका लागि उत्साहित भएर त्यो दिन देखेर वर्तमानमा सक्रिय हुन्छन् । के तपाई पनि यस्तै टिम तयार गर्न चाहानु हुन्न ? अवश्य पनि । यसका लागि तपाई तयार हुनुपर्छ । तपाई तयार हुनुभयो भने यो ब्रम्हाण्डले तपाईले चाहेको सबै स्रोत साधान जुटाइदिने छ । के तपाईलाई यो कुरामा विश्वास छैन ? तपाईको...
टिप्पणियाँ
एक टिप्पणी भेजें
thank you