सीधे मुख्य सामग्री पर जाएं

हाँस्दा हुने ७ आश्चर्यजनक फाइदा

  हाँसो शरीरका लागि सबैभन्दा महत्वपूर्ण औषधी हो । विभिन्न अध्ययनले यसलाई पुष्टि गरिसकेको छरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाँसोले हाम्रो अवस्थामा परिवर्तन ल्याइदिन्छ ।  १. दुखाइबाट राहत मिल्छ सँचो हाँसाले एन्डोर्फिन रिलिज गर्दछ । यो हार्माेन रिलीजले दुखाइमा सहनशीलता बढाउन मद्दत गर्दछ । एउटा अध्ययनका क्रममा एउटा समूहलाई १५ मिनेट कमेडी शो हेर्न लगाइएको थियो । हाँसो पछि उनीहरुको दुखाइ सहनशीलतमा १० प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको थियो । तर एक्लै कमेडी शो हेर्ने व्यक्तिमा पनि दुखाई सहनशीलतामा कमी आयो तर त्यो १० प्रतिशतभन्दा कम थियो । त्यसैले समूहमा हाँस्दा यसले अझ बढी प्रभाव पार्दछ । त्यसैले लाफ्स्टर योगमा समूहमा हास्ने गरिन्छ । २ गर्भवतीको सम्भावना बढाउँछ २०११मा गरिएको एक अध्ययलने भिट्रो फर्टिलाइजेसनमार्फत गर्भवती हुनुपर्दा जोकरद्वारा मनोरञ्जन नगरिएका महिलाको तुलनामा मनोरञ्जन गरिएका महिलामा १६ प्रतिशतभन्दा बढीले गर्भवतीको सम्भावना बृद्धि भएको देखाएको थियो । हाँसोको प्रभाव कहाँसम्म हुन्छ भन्ने कुरा यसले पनि प्रष्ट पार्दछ ।  ३ मुटुलाई मद्दत गर्दछ एक राम्रो हाँसो तप...

हिन्दू राष्ट्रको माग

नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै रुपन्देहीमा १० हजार हस्ताक्षर संकलन गरिएको त्यहाँबाट पत्रकार भवानीप्रसाद पाण्डेले जनाएका छन्। नेपाल हिन्दू समाज रुपन्देहीका अध्यक्ष बुद्धिप्रसाद शर्माका अनुसार कपडामा संकलन गरिएका हस्ताक्षर बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत् संविधानसभालाई पठाइँदैछ। लोकतन्त्र आएलगत्तै अन्तरिम व्यवस्थापिकाबाट नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको थियो। उक्त घोषणाले विश्वभरका हिन्दूको भावनामा चोट पुर्‍याएकाले हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको शर्माले बताए। बुटवल, भैरहवालगायतका स्थानमा हस्ताक्षर संकलन गरिएको हिन्दू समाजले जनाएको छ।´पहिलो चरणमा बजार र चोकमा हस्ताक्षर संकलन गरेका छौं, यसलाई व्यापक र दबाबमूलक बनाउन गाउँमा समेत जाने योजना बनाएका छौं´ - अध्यक्ष शर्माले भने। नेपाललाई हिन्दू राष्ट्र भनेर नयाँ बन्ने संविधानमा उल्लेख नगरिंदासम्म हस्ताक्षर अभियानलाई जारी राखिने समाजले जनाएको छ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

काम घरबाट कि कार्यालयबाट ?

अघिल्लो बर्षदेखि हामीमध्ये धेरैले घरबाटै काम गर्नुलाई सहजरुपमा लिन थालेका छौं । लचिलोपन, ध्यान केन्द्रीत गर्ने क्षमता र आवागमनको समस्याबाट मुक्त हुने भएकाले पनि मानिसले घरबाट नै कार्यालयको काम गर्नुलाई सहज रुपमा लिदै, अपनाउँदै आएका छन् । कतिपय अवस्थामा घरबाट नै काम गर्नुपर्ने बाध्यता पनि बन्ने गर्दछ । कोभिड १९को महामारीका कारण संक्रमण बढ्दै जाँदा लकडाउन हुने र कार्यालय जान सक्ने अवस्था नबन्ने भए पछि घरबाट काम गर्ने सस्कृतिको विकास भयो । आज विश्वभरी नै घरबाट काम गर्ने विषयले प्राथमिकता पाउँदै आएको छ ।  सबैले घरबाट काम गर्नुलाई नै सहज रुपमा लिन सक्दैनन् । कतिपयले कार्यालय जाँदाको अनुभवलाई मिठो रुपमा व्याख्या गर्दछन् । तथापी हामीसँग यतिबेला चाँही घरबाट काम गर्ने कि कार्यालयबाट भन्ने छनोट गर्न मिल्ने अवस्था पनि सिर्जना हुन थालेको छ । कार्यालय फेरी खुल्न थालेपछि तपाईले कार्यालय जाँदाको आनन्दलाई पनि अनुभव गर्न थाल्नु भएको हुन सक्छ  । त्यहाँ हुने सामाजिक अन्तक्रिर्या, सहयोग आदान प्रदान, खुसी र चिया कफीलाई सम्झनुहुन्छ होला ।  तर, कार्यालय नगई कार्य गर्न सकिने अवस्थामा धेरै कम्पनी...

नेतृत्वका लागि चमत्कारी बुटी

  👌 Ram Sudan Timalsina  जितको, उत्सवको, विजयीको माइन्ड सेट बनाएर हिड्न जरुरी छ । त्यसका लागि हामीले अभ्यास गर्नुपर्छ । हामीले जीवन पद्धतिमा परिवर्तन गर्नुपर्छ अनी हाम्रो नेतृत्व कौशलतामा परिवर्तन आउने छ । नेतृत्वले भविश्वका लागि प्रेरणादायी लक्ष्य निर्धारण गर्दछ । जसको पछाडी त्यो अभियान दौडिन्छ । के तपाई हामी यस्तो लिडर बन्न सकेको छौं । के हामीले यस्तो नेतृत्व पाएका छौं । सोचौं त ? कुनै पनि व्यवसाय वा राजनीतिक उद्देश्य प्राप्तिका लागि मानिसलाई जोडिन उत्साहित बनाउने सफल हुन्छ  । लक्ष्य हासिलका लागि टिम चाहिन्छ । त्यो टिम भिजनमा स्पष्ट हुनुपर्छ र लिडरले उनीहरुमा यस्तो ऊर्जा भर्छ जसका कारण उनीहरु महत्वपूर्ण योगदान गर्न प्रेरित हुन्छन् । करले होइन मनदेखि नै उनीहरु त्यो लक्ष्य हासिल गरेपछिको भश्वियका लागि उत्साहित भएर त्यो दिन देखेर वर्तमानमा सक्रिय हुन्छन् । के तपाई पनि यस्तै टिम तयार गर्न चाहानु हुन्न ? अवश्य पनि । यसका लागि तपाई तयार हुनुपर्छ । तपाई तयार हुनुभयो भने यो ब्रम्हाण्डले तपाईले चाहेको सबै स्रोत साधान जुटाइदिने छ ।  के तपाईलाई यो कुरामा विश्वास छैन ? तपाईको...

हाँसो : औषधी !

   हाँसो हामीभित्र नै उत्पादन गर्न सकिने औषधी हो । घरबाहिर नगएर नै १५ देखि ३० मिनेट हाँस्य योग गरेर आफ्नो प्रतिरक्षा बढाउन सक्ने विज्ञको दाबी कयौं अनुसन्धानले पुष्टि गरिसकेको छ । हाँसो सर्वाधिक उत्तम औषधी हो भन्ने कुरालाई धेरैले स्वीकार्दै छन् । तर, निकै कमले मात्र यो औषधीको भरपुर सदुपयोग गरेको पाइन्छ । गाउँघरमा भन्दा पनि सहर बजारका मानिसमा हाँसो हराएको छ । त्यसले पनि हाँसोलाई हामीले आफूभित्र नै खोजी गर्नुपर्ने अवस्था छ । यो व्यस्त र सक्रिय सहरी जीवनशैलीमा मानिसले हाँस्न बिर्सेको प्रतीत हुन्छ । कडा औषधीका रूपमा रहेको हाँसो फेरि हामीमा, परिवारमा, समुदायमा र सहरमा बुलन्द पार्नुपर्ने भएको छ । बालबालिका दिनमा औसत ३ सयपटक हाँस्छन् । तर, वयस्क जम्मा १७ पटक मात्र हाँस्ने गरेको अनसुन्धानले देखाएको छ । हाँसोले फोक्सोलाई खोल्छ र श्वास प्रणालीका लागि निकै राम्रो मानिन्छ । हाँस्य योगले फोक्सोको क्षमता वृद्धि गराउन सहयोग गर्ने डा. सोनु गोयले बताएका छन् । मानिसको दिमाग र शरीरलाई सन्तुलनमा ल्याउनका लागि हाँसो उपयुक्त हुने विभिन्न अध्ययनले देखाएका छन् । तर, हाँसो अरू औषधी जस्तो क्याप्सुलमा बे...